राजधानी हेटौंडा र नाम वाग्मती राख्ने नेकपा प्रदेश नं ३ संसदीयदलको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २५ गते १४:०१
राजधानी हेटौंडा र नाम वाग्मती राख्ने नेकपा प्रदेश नं ३ संसदीयदलको निर्णय

हेटौंडा-नेकपा प्रदेश ३ संसदीय दलले प्रदेश ३ को राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । नेकपा प्रदेश ३ को शुक्रबार बसेको संसदीय दलको बैठकले राजधानी र नामबारे पार्टी केन्द्रले दिएको निर्देशनअनुसार नै निर्णय गरेको हो । बैठकपछि प्रदेश ३ का मुख्यमन्त्री समेत रहेका नेकपा प्रदेश ३ संसदीय दलका नेता डोरमणी पौडेलले राजधानी र नामबारे हेटौंडा र वागमतीमा सहमति भएको बताए । ‘राजधानी हेटौंडा र नाममा वागमती सहमति भएको छ’ मुख्यमन्त्री पौडेलले बताए । 
यसअघि प्रदेश ३ को राजधानी हेटौडा राख्न नेकपा सचिवालयले निर्देशन दिएको थियो । उक्त निर्देशनप्रति नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका थिए । नेकपा प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्यले केन्द्रले गरेको निर्णय प्रकृया नमिलेको भन्दै दलको बैठकमा व्यापक छलफल गरेर सहमति निकालिएको बताइन् । उनले आफुहरुको फरकमत सम्पतिका रुपमा राख्ने भन्दै प्रस्तावमा सहमति जनाएको बताइन् । ‘अब सहज अवतरण भयो । यसले नेतृत्वलाई पनि पाठ सिकाएको छ’ शाक्यको भनाई छ । 
 

प्रकाशित : २०७६ पुष २५ गते १४:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI