आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २५ गते १४:५८
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

काठमाडौँ । आज शुक्रबार पुस २५ गते सन् २०२० कै पहिलो ग्रहण चन्द्र ग्रहण लाग्दैछ । सन् २०२० मा चार वटा चन्द्र ग्रहणहरु लाग्दैछन् । जसमध्ये शुक्रबार लाग्ने ग्रहण पहिलो चन्द्र ग्रहण हो। शुक्रबार लाग्ने चन्द्र ग्रहण राति १० बजेर ५२ मिनेटदेखि प्रारम्भ भएर राति २ः५७ बजेसम्म ४ घण्टा ५ मिनेटसम्म चल्नेछ । यसपटकको चन्द्र ग्रहण भारत, एशिया, यूरोप, अफ्रिका तथा अष्ट्रेलिया महाद्वीपहरुका थुप्रै देशहरुबाट देख्न सकिनेछ। २०२० मा लाग्ने अन्य ग्रहण ५ जुन, ५ जुलाई र ३० नोभेम्बरमा पनि लाग्ने छन्। यो पटक चन्द्र ग्रहणका क्रममा चन्द्र मिथुन राशिमा बस्नेछ। ज्योतिषका अनुसार जुन राशिमा ग्रहण लाग्छ त्यस राशिमा सबैभन्दा बढी प्रभाव पर्ने गर्दछ। यस ग्रहणमा मिथुन राशिले विशेष ध्यान दिन आवश्यक हुने ज्योतिषले बताएका छन्। यसपटकको चन्द्र ग्रहण उपछायाँ ग्रहण हुनेछ । जसमा चन्द्रमा पूर्ण रुपमा लुक्ने छैन, न त चन्द्रमाको कालो छायाँ पृथ्वीमाथि पर्नेछ । आंशिक छायाँ चन्द्रमा ग्रहण पूर्ण र आंशिक चन्द्र ग्रहणभन्दा पनि कमजोर हुनेछ । त्यसैले यसलाई स्पष्ट रुपमा देख्न सकिँदैन ।

प्रकाशित : २०७६ पुष २५ गते १४:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI