No ads found for this position

गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक बिदा

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २५ गते १५:०१
No ads found for this position
गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक बिदा
No ads found for this position

कास्की,पौष २५। गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पुस २४ मा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रामशरण बस्नेतले माघी पर्वको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको  बताउनु भयो  ।

थारु र मगर समुदायले साथै किराँतहरुले यसलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन्।

सरकारले अघिल्लो वर्ष पनि गण्डकी प्रदेशमा माघे संक्रान्तिको बिदा दिएको थियो । राप्रपा कास्कीले पृथ्वी जयन्तीको दिन पुस २७ गते बिदा दिन आग्रह गरेको थियो । तर, गण्डकी सरकारले त्यसबारे कुनै निर्णय गरेको छैन ।

गोरखा नगरपालिका र नुवाकोटको विदुर नगरपालिकाले पृथ्वीजयन्तीको बिदासहित विभिन्न कार्यक्रम घोषणा गरिसकेको छ।

प्रकाशित : २०७६ पुष २५ गते १५:०१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI