उखु किसानलाई कनौडियाले १२ करोड तिरे, ६ करोड बाँकी

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २५ गते १५:१४
उखु किसानलाई कनौडियाले १२ करोड तिरे, ६ करोड बाँकी

काठमाडौँ । उखु किसानको १८ करोड रुपैयाँ तिर्न बाँकी राखेका काँग्रेस सांसद एवं उद्योगी वीरेन्द्र कनौडियाले १२ करोड रुपैयाँ उखु किसानहरुको खातामा जम्मा गरेका छन् ।  काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै ‘उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेर चिनी उद्योगी एवं कांग्रेस सांसद वीरेन्द्र कनौडियाले सोको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिनुभएको’ भनेका छन् । त्यस्तै शर्माले कनौडियाले अब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको समेत जनाएका छन् । उनले ट्विट्मा ‘अब चुक्ता गर्न ६ करोड बाँकी रहेको बताउँदै यथाशीघ्र चुक्ता गर्ने प्रतिबद्धतापनि पार्टीसँग व्यक्त गर्नुभएको छ ।’ लेखेका छन् ।  कनौडियाले गत साता उखु किसानहरुसँग गरेको सहमतिअनुसार माघ ७ गतेभित्र सबै रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएका थिए । 

प्रकाशित : २०७६ पुष २५ गते १५:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI