No ads found for this position

चौथो नवलपुर युवा सम्मेलन शुरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २५ गते २०:२४
No ads found for this position
चौथो नवलपुर युवा सम्मेलन शुरु
No ads found for this position

दिपेन्द्र रेग्मि/पौष२५, कावासोति

सामाजिक रुपान्तरणकालागी युवा भन्ने मुल उद्देश्यका साथ चौथो नवलपुर युवा सम्मेलन आजवाट नवलपुरमा सुरु भएको छ । हरियाली सस्था र वातावरण जनजागरण विकास मन्चको आयोजनामा नवलपुरको कावासोतीमा सम्मेलनको आज उद्घाटन गरिएको हो । वातावरण जनजागरण विकास मन्चका अध्यक्ष सुधन लम्सालको सभापतित्वमा जारी कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष चेसराम आलेको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै आलेले हालका युवाहरु प्रती देश र राज्यको धेरै ठुलो आशा रहेको वताउनु भएको छ । यो आशा पूरा गर्न सबै युवा लाग्नु पर्नेमा उहाँले जोड दिनुभएको छ । अबको समयमा देश बिकासमा युवाहरू लाग्नु पर्ने र देशले नी युवाहरूलाई देशमा अबसर दिनुपर्ने कुरामा जोड दिनु भयो ।

त्यस्तै कार्यक्रममा विशेष अतिथि समेत रहनुभएका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक गणेस बहादुर नरालले पछिल्लो समयमा धेरै युवा वर्ग कुलतमा लागेर आफ्नो जिन्दगीलाई नै खराब बनाइरहेको भन्दै यो र यस्ता कार्यक्रमले ती युवाहरूलाई समेत समेट्न सक्नेमा बिस्वस्त रहेको धारणा राख्नु भएको थियो । त्यस्तै कार्यक्रमका विशेष अतिथी समाजसेवी भरत पोख्रेलले देश बदल्नकोलागि युवाको वर्तमान स्थितिलाई बुझी रास्ट्र र समाजकोलागि समर्पित युवा वर्ग निर्माणमा सबै जुट्नुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा मोटिभेसनर पुस्पा भट्टराई, हरियाली सस्थाका अध्यक्ष एल एन दवाडी, युवा अभियन्ता सुमन लम्साल लगायतले सहभागीहरुलाइ युवाहरुको वर्तमान अवस्थाको वारेमा बताउदै कसरी अगाडि बढ्ने भन्नेकुराको वारेमा तालिम प्रदान गर्नु भएको थियो । पुस २६ अर्थात भोलि सम्म जारी रहने कार्यक्रममा नवलपुरका सय भन्दा धेरै युवाहरुको सहभागिता रहेको छ ।

प्रकाशित : २०७६ पुष २५ गते २०:२४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI