पितृमोक्ष महायज्ञको तयारी पूरा : पुर्व राष्ट्रपति यादवले भोलि समुदघाटन गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २६ गते १५:०८
पितृमोक्ष महायज्ञको तयारी पूरा : पुर्व राष्ट्रपति यादवले भोलि समुदघाटन गर्ने

पौष २७-नवजागरण बहुमुखी क्याम्पस मध्यविन्दु-७ चोरमारामा यहि पौष २७ गते देखि माघ ६ गते गते सम्म सन्चालन हुने श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । महायज्ञको माघ ०६ गते १२ बजे पुर्व राष्ट्रपति डा.रामवरण यादवले समुदघाटन गर्ने कार्यक्रम रहेको बताईएको छ । महायज्ञमा केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराज ज्युको पनि बिशेष उपस्थिति हुदैछ । उहाँको (जगतगुरु)मकर सक्रान्तिका दिन देबघाटमा स्नान गरि यज्ञ स्थलमा उपस्थित भई माघ ०५ गते सम्म पितृ मोक्षका लागि विशेष पुजा गर्ने कार्यक्रम रहेको छ । स्नातकोत्तर कक्षा संचालन ,स्नातक तहमा स्तरीय प्राबिधिक शिक्षा, सुबिधासम्पन्न क्याम्पस संचालनार्थ आयोजित महायज्ञमा विभिन्न दुर्घटनाका कारण अल्प आयुमै मृत्युु बरण गरेका मानिसहरुको आत्माशान्तिका लागि नारायणवलि सहितको पुजा गरिने आयोजकले बताएको छ । भागवत अलङकार पदबिले बिभुषित पं नेत्र प्रसाद पराजुलिको प्रमुख बाचकत्वमा नबजागरण बहुमुखी क्याम्पस चोरमाराको प्राङ्गणमा महायज्ञ संचालन हुदैछ । महायज्ञमा १५ करोड रकम सकंलन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

प्रकाशित : २०७६ पुष २६ गते १५:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI