No ads found for this position

परोपकार साकोसको १३औँ स्थापना दिवस एवं विस्तारित मन्च सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २६ गते १८:०५
No ads found for this position
परोपकार साकोसको १३औँ स्थापना दिवस एवं विस्तारित मन्च सम्पन्न
No ads found for this position

होमनाथ पौडेल/देवचुली
परोपकार बचत तथा ॠण सहकारी संस्था लिमिटेडको १३ औँ स्थापना दिवस तथा विस्तारित मन्च आज शनिबार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष खेमराज सापकोटाको अध्यक्षता तथा देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथीकारुपमा देवचुली नगरपालिकाका उपप्रमुख पार्वती तिवारी, देवचुली नगरपालिकाका प्रवक्ता डिलबहादुर खत्री, जिल्ला बचत तथा ॠण सहकारी संघ , नवलपुरका उपाध्यक्ष होमनाथ जैशी रहनुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष लोक प्रसाद भुर्तेलले राख्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले संस्थाले नगरभित्र विभिन्न सामाजिक काम गरेकोमा धन्यवाद दिँदै संस्थाको प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो।


कार्यक्रममा २६९ जना संस्थापक सदस्यसँगै गत असोज ४ गतेको साधारण सभाका निर्वाचनमण्डलका संयोजक एवं सदस्यहरुलाई सम्मान गरिएको थियो। कार्यक्रम देवचुली पार्टीप्यालेस देवचुली १३ को सभाहलमा सम्पन्न भएको थियो। हाल परोपकार साकोसमा करीब ७००० शेयरसदस्य रहेका छन्।

प्रकाशित : २०७६ पुष २६ गते १८:०५
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI