समाज रुपान्तरणकालागि युवाहरु जुट्दैःनवलपुरलाई नमुना जिल्ला वनाउने उदघोष

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २६ गते १८:१६
समाज रुपान्तरणकालागि युवाहरु जुट्दैःनवलपुरलाई नमुना जिल्ला वनाउने उदघोष

दिपेन्द्र रेग्मी, पौष २६, कावासोति

नवलपुरलाई देशकै नमुना जिल्ला वनाउनकालागि सम्पुर्ण युवाहरु एक भएर लाग्ने उद्घोष गर्दै चौथो नवलपुर युवा सम्मेलन सकिएको छ । सामाजिक रुपान्तरणकालागी युवा भन्ने मुल उद्देश्यका साथ हिजो देखि नवलपुरको कावासोतिमा सुरु भएको युवा सम्मेलन मार्फत युवाहरुलाई सकारात्मक सोचका साथ सकारात्मक कार्य गर्दै अगाडि वढ्न प्रेरित गर्ने विभिन्न कार्यक्रमहरु गरिएको थियो । हरियाली सस्था र वातावरण जनजागरण विकास मन्चको आयोजनामा भएको कार्यक्रममा मोटिभेसनर पु्ष्पा भट्टराईले युवाहरुलाई व्यक्तित्व विकासको तालिम प्रदान गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा युवा अभियन्ता सुमन लम्साल, सामाजिक व्यक्तित्व डिवि चौधरि, महिला शसक्तिकरणकालागि विभिन्न ट्रेनिङ्हरु प्रदान गर्दै आईरहेकि ट्रेनर अञ्जु रिजाल, युवा अभियन्ताहरु एल एन दवाडि, सुधन लम्साल लगायतले विभिन्न सेसन मार्फत युवाहरुलाई एक भएर समाज र राष्ट्रको सकारात्मक परिवर्तनमा लाग्न प्रेरित गर्नुभएको थियो । त्यस्तै
सहभागि युवाहरुले आज विहान कावासोतिको विभिन्न क्षेत्रमा सरसफाईको कार्यक्रम पनि गरेका थिए । कार्यक्रममा उपस्थित युवाहरुले आगामि दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गरि अझ धेरै युवावर्गलाई समेट्न आयोजकलाई आग्रह गरेका थिए । साथै आजकै मितिवाट आफु सकारात्मक वाटोमा हिँड्दै अरुलाई पनि सकारात्मक वाटोमा हिँड्न प्रेरित गर्ने प्रतिवद्धता पनि जाहेर गरेका थिए । वातावरण जनजागरण विकास मन्चका अध्यक्ष सुधन लम्सालको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष चेसराम आलेको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै आलेले हालका युवाहरु प्रती देश र राज्यको धेरै ठुलो आशा रहेको र त्यो आशा पूरा गर्न सबै युवा लाग्नु पर्नेमा जोड दिनुभएको थियो । अबको समयमा देश बिकासमा युवाहरू लाग्नु पर्ने र देशले पनि युवाहरूलाई देशमा अबसर दिनुपर्ने कुरामा उहाँले जोड दिनु भयो । त्यस्तै कार्यक्रममा विशेष अतिथि समेत रहनुभएका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक गणेस बहादुर नरालले पछिल्लो समयमा धेरै युवा वर्ग कुलतमा लागेर आफ्नो जिन्दगीलाई नै खराब बनाइरहेको भन्दै यो र यस्ता कार्यक्रमले ती युवाहरूलाई समेत समेट्न सक्नेमा बिस्वस्त रहेको धारणा राख्नु भएको थियो । त्यस्तै कार्यक्रमका विशेष अतिथी समाजसेवी भरत पोख्रेलले देश बदल्नकोलागि युवाको वर्तमान स्थितिलाई बुझी रास्ट्र र समाजकोलागि समर्पित युवा वर्ग निर्माणमा सबै जुट्नुपर्ने बताउनु भएको थियो । नवलपुरका सय भन्दा धेरै युवाहरुको सहभागितामा कार्यक्रम भएको थियो ।

प्रकाशित : २०७६ पुष २६ गते १८:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI