No ads found for this position

दिलिप हत्या प्रकरण : फलामको रडले घोचेर खोलामा सुताइयो अनि टिपरले किचियो

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २६ गते २२:१३
No ads found for this position
दिलिप हत्या प्रकरण : फलामको रडले घोचेर खोलामा सुताइयो अनि टिपरले किचियो
No ads found for this position

२६ पुस,

नदी उत्खनन्को बिरोध गर्ने क्रममा दिलिप कुमार महतोलाई फलामको रडले घोचेर घाइते बनाई उनको शरीरमाथि टिपर चलाइएको खुलेको छ ।धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका २४ वर्षीय दिलिप महतोको शुक्रबार बिहान ४ बजे झिसमिसेमै टिपर चलाएर हत्या गरिएको थियो । यद्यपि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पहिला फलामको लिभरले उनीमाथि प्रहार गरी घाइते बनाएर उनीमाथि टिपर चलाएको बाहिर आएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार राति ९ बजे पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार दिलिपको दाहिने कोखामा चार जना मिलेर फलामको लिभरले घोचेर खोलामा सुताई ना.७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएकोे थियो ।
धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतका अनुसार खोलामा टिपरले बालुवा गिट्टी चोरी गरी लगिरहेको थाहा पाएपछि ओमप्रकाश भनिने दिलिप टिपर समात्न गएका थिए । त्यही क्रममा क्रसर उद्योगी सोही ठाउँका २७ वर्षीय विपिन महतो, महोत्तरीको बर्दिवास नगरपालिका ९ बस्ने ना.७ ख ६४१३ नम्बरका टिपर चालक ३४ वर्षीय मुनिन्द्र महतो, बर्दिवासकै वडा नम्बर २ निवासी लोडर चालक २४ वर्षीय जितेन्द्र कुमार महतो र धनुषाको मिथिला नगरपालिका ५ बस्ने २७ वर्षीय रोशन यादवले उनको हत्या गरेको प्रहरी प्रमुख बस्नेतले बताए । पत्रकार सम्मेलनमा यी चारै जनालाई प्रहरीले सार्वजनिक पनि गरेको छ । ‘यी चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं,’ धनुषाका प्रहरी प्रमुख बस्नेतले भने ।

प्रकाशित : २०७६ पुष २६ गते २२:१३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI