दशकका लोकप्रिय १० एप

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २६ गते २२:३०
दशकका लोकप्रिय १० एप

सन् २०२० को सुरुवातसँगै सूचना–प्रविधिको क्षेत्रमा सबैभन्दा बढी रुचाइएका एप्लिकेसन (एप) हरू तथा तिनको रेटिङ सार्वजनिक भएको छ । एप्लिकेसन रिसर्च एजेन्सी, एप एन्नीले १० वर्षको अवधिमा मानिसले सर्वाधिक रुचाएका एप्लिकेसन तथा उक्त एप्लिकेसनले बनाएको स्थानलाई मूल्यांकन गर्दै एक रिपोर्ट सार्वजनिक गरेको हो । 

फेसबुक 

सन् २०१० देखि २०१९ सम्मको अवधिभर सबैभन्दा धेरै पटक डाउनलोड गरिएका एपमध्ये फेसबुक अग्रस्थानमा छ । १५ वर्षअघि सन् २००४ मा मार्क जुकरबर्गले सामाजिक सञ्जालका रूपमा फेसबुक बनाएका थिए । अहिले यसको प्रयोगकर्ता संसारभर ५ अर्ब पुगेको छ ।

स्नापच्याट

एप एन्नीले स्नापच्याटलाई धेरै पटक डाउनलोड गरिएको एप्लिकेसनमध्ये पाँचौं स्थानमा राखेको छ । यो एप प्रयोगकर्ताहरूबीच फोटो तथा स्नापच्याटका लागि प्रख्यात छ । यो एपको माध्यमबाट विभिन्न प्रकारका फोटो बनाउन मिल्छ भने विभिन्न अवतार बनाएर भिडियो च्याट गर्न सकिन्छ । यो एपलाई फेसबुकले सन् २०१३ मा ३ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव राख्दा स्नापच्याटले इन्कार गरेको थियो । सन् २०१३ मा लन्च गरिएको यो एपको प्रयोगकर्ता अहिले १ अर्बभन्दा बढी छन् ।

युसी ब्राउजर

युसी ब्राउजर एक मोबाइल वेब ब्राउजर हो । यसलाई सिंगापुर र चीनमा आधारित मोबाइल इन्टरनेट कम्पनी युसी वेबद्वारा विकसित गरिएको हो, जुन कम्पनी हाल अलिबाबा समूहको स्वामित्वमा रहेको छ । यो एप गुगल क्रोमभन्दा बढी लोकप्रिय छ । युसी ब्राउजरलाई सन् २००४ मा लन्च गरिएको थियो । अहिले यसका प्रयोगकर्ता ५ अर्बभन्दा बढी छन् ।

ह्वाट्सएप

तेस्रो स्थानमा पनि फेसबुक परिवारकै ह्वाट्सएप रहेको छ । सन् २००९ मा जान कौम तथा ब्रायन एक्टनले यसको निर्माण गरेका थिए, तर फेसबुकले सन् २०१४ मा १९ अर्ब डलरमा यसलाई खरिद गरेको थियो । अहिले संसारभर यसका प्रयोगकर्ता १ अर्बभन्दा धेरै छन् । ह्वाट्सएप च्याटिङ, फाइल ट्रान्सफर, अडियो तथा भिडियो कलका लागि राम्रो मानिन्छ ।

स्काइपी

यो एप आजभन्दा १६ वर्षअघि प्रयोगमा आएको एप हो । सन् २००३ मा स्वीडेनका निक्लास जेनस्ट्रोम तथा डेनमार्कका जानस फ्रिइसद्वारा यसको स्थापना भएको थियो । स्काइपीको सफ्टवेयर भने एस्टोनियस अहि हेनला, प्रित केसलालु तथा जान टल्लिनले बनाएका हुन् । हाल विश्वका १ अर्ब मानिसले स्काइपीको आनन्द लिइरहेका छन् ।

युट्युब

युट्युब एक अमेरिकी भिडियो साझेदारी प्लेटफर्म भएको एप हो । सन् २००५ मा अमेरिकी नागरिक चाड हर्ली, स्टिव चेन तथा जावेद करिमले यसको निर्माण गरेका थिए । हाल गुगलको स्वामित्वमा रहेको यो एप सन् २००६ मा १६ खर्ब ५० अर्ब अमेरिकी डलरमा गुगलले किनेको थियो । भिडियोका लागि लोकप्रिय मानिएको यो एपका प्रयोगकर्ता अहिले विश्वभर ५ अर्बभन्दा बढी छन् ।

इन्स्टाग्राम

इन्स्टाग्राम प्रयोगकर्ताहरूबीच फोटो तथा भिडियोहरूका कारण लोकप्रिय छ । प्रयोगकर्ताहरूले यसमा आफ्ना दैनिकी पनि अपलोड गर्ने गर्छन् । त्यस्तै अनलाइन मार्केटिङका लागि पनि अहिले इन्स्टाग्राम उपयुक्त माध्यम बनिरहेको छ । सन् २०१० मा केबिन सिस्ट्रोम र माइक क्रेगरले स्थापना गरेको यो एप अहिले फेसबुकको स्वामित्वमा रहेको छ । त्यसैकारण यो एप फेसबुकसँग कनेक्ट गरेर पनि चलाउन मिल्छ । अहिले संसारभर यसका प्रयोगकर्ता १ अर्बभन्दा बढी छन् ।
का प्रयोगकर्ता अहिले विश्वभर ५ अर्बभन्दा बढी छन् ।

फेसबुक म्यासेन्जर 

एप्लिकेसन रिसर्च एजेन्सी एप एन्नीले फेसबुक कम्पनीकै म्यासेन्जर सर्वाधिक रुचाइएको एपको दोस्रो स्थानमा राखेको छ । फेसबुकले सन् २०११ मा यसलाई प्रयोगमा ल्याएको थियो । आठ वर्षअघि प्रयोगकर्ताहरूमाझ आएको यो एप मूलत: अडियो तथा भिडियो कलका कारण लोकप्रिय छ । प्रयोगकर्ताहरूले यो एपलाई १ अर्ब पटकभन्दा बढी डाउनलोड गरेका छन् ।

टिकटक

धेरै रुचाइएका एपहरूमा टिकटक सातौं स्थानमा रहेको छ । यसको स्वामित्व बाइटड्यान्स नामक चिनियाँ प्रविधि कम्पनीसँग रहेको छ । यसलाई झाङ यिमिङले सन् २०१२ मा स्थापना गरेका थिए । चीनमा प्रयोग हुँदै आएको यो एपको आधिकारिक प्रयोग भने सन् २०१७ बाट चीनबाहिरका देशहरूमा गरिएको हो । टिकटकभन्दा अगाडि यसको जस्तै फिचर भएको म्युजिकल्ली एप चर्चामा रहेको थियो, तर सन् २०१७ नोभेम्बर ९ मा टिकटकको कम्पनी बाइटड्यान्सले आफ्नो प्रतिस्पर्धी एप म्युजिकल्लीलाई १ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो । अहिले यसका प्रयोगकर्ता ५ अर्बभन्दा बढी छन् ।

ट्विटर

यो एप १३ वर्षअघि स्थापना भएको एप हो । सन् २००६ मा ज्याक डोर्सी, नूह ग्लास, बिज स्टोन तथा इभान विलियम्सले यसको स्थापना गरेका थिए । ट्विटर विश्वभर सूचनामूलक जानकारीका कारण प्रख्यात मानिन्छ । जापनिज, चाइनिज तथा कोरियन भाषाबाहेक अन्य सबै भाषामा यो एप उपलब्ध छ । हाल यसका प्रयोगकर्ता ५ अर्बभन्दा बढी छन् । 

प्रकाशित : २०७६ पुष २६ गते २२:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI