फेसबुकको फोटो गुगलमा सार्न सकिने

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २६ गते २२:४३
फेसबुकको फोटो गुगलमा सार्न सकिने

एजेन्सी-फेसबुकले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फिचरको व्यवस्था गरेको छ । अब फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकमा भएको फोटो तथा भिडियो गुगल फोटोजमा सार्न सक्ने भएका छन् । सन् २०२० बाट विश्वका सबै प्रयोगकर्ताबीच लागू गर्ने बताउँदै फेसबुकले यसको सुरुवात आयरल्यान्डबाट गरेको छ । सन् २०१८ मा फेसबुकले घोषणा गरेको डाटा ट्रान्सफर योजनाअन्तर्गत यो नयाँ टुललाई लिइएको छ । फेसबुकले यो फिचरको उद्देश्य प्रयोगकर्ताका लागि भिन्न तथा सबै प्रकारका सेवाबीच सुरक्षित तवरले एउटा एपबाट अर्को एपमा डाटा ट्रान्सफर गर्नु बताएको छ । 

प्रकाशित : २०७६ पुष २६ गते २२:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI