गैंडाकोट जेसिजको अध्यक्षमा काफ्ले

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २७ गते ८:२६
गैंडाकोट जेसिजको अध्यक्षमा काफ्ले

अजय पौडेल/ गैंडाकोट

गैंडाकोट जेसिजको १४ औं साधारणसभा तथा १३ औं अधिवेशन सम्पन्न भएको छ । शनिबार गैंडाकोटमा भएको अधिवेशनले सुशील काफ्लेलाइ अध्यक्षमा चयन गरेको हो । नवनिर्बाचित अध्यक्ष काफ्लेले गैंडाकोट जेसिजको इतिहासमा सन २०२० को कार्यकाललाइ स्वर्ण अक्षरले लेख्न योग्य हुनेगरी कार्य गर्ने प्रतिबद्धता गर्नुभएको छ । आफू एक्लै आफ्ना योजनामात्र कार्यान्वयन गर्नेभन्दा पनि सबै जेसिजहरुका योजनालाइ एकत्रित गरेर कार्य गर्ने काफ्लेको भनाइ रहेको छ ।

त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा राजेश पौडेल र ईश्वर पौडेल चयन हुनुभएको निर्वाचन आयुक्त एबम पुर्ब अध्यक्ष गोकुल सापकोटाले जानकारी दिनुभयो । त्यस्तै संस्थाको महासचिवमा शंकर अधिकारी,कोषाध्यक्षमा सुरज पौडेल तथा कानुनी सल्लाहकारमा दया सापकोटा रहनुभएको छ भने उपाध्यक्षमा अजय पौडेल,सावित्री भन्डारी सापकोटा,हरी पौडेल र प्रकाश भुसाल रहनुभएको छ । त्यसैगरी सहसचिवमा क्षितिज आचार्य ,सह कोषाध्यक्षमा टिकाराम पराजुली,अध्यक्ष सल्लाहकारमा रोजन घिमिरे,तालिम आयुक्तमा दिपक सापकोटा,प्रकरण निर्देशकमा मदन सापकोटा,व्यावसायिक वृद्धि निर्देशकमा सुदर्शन भुसाल र जनसम्पर्क अधिकारीमा राम प्रसाद भुसाल रहनुभएको निर्वाचन आयुक्त सापकोटाले जानकारी दिनुभयो ।
शनिबार नै भएको १४ औं साधारणसभामा बर्ष २०१९ मा भएका कार्यहरू समेटिएको महासचिव , कोषाध्यक्षको आर्थिक तथा उपाध्यक्ष हरुको प्रतिबेदन सर्बसम्मले पारित भएको बर्ष २०१९ मा अध्यक्ष भानुभक्त रिमलले जानकारी दिनुभयो । गैंडाकोट जेसिजका पुर्ब अध्यक्ष बद्री सापकोटा प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पुर्ब अध्यक्षहरुले मन्तव्य राख्दै नबनिर्बाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रमलाई भब्य रुपमा सफल गराउन सहयोग गर्नुभएकोमा सबै जेसिजहरुप्रती आभार ब्यक्त गर्दै कार्यक्रम संयोजक दिपक सापकोटाले खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि कार्यक्रमहरुको संयोजन गर्न पाउन अपेक्षा गर्नुभयो ।

प्रकाशित : २०७६ पुष २७ गते ८:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI