रोटर्याक्ट क्लब अफ गैंडाकोटको आयोजनामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २७ गते ९:३३
रोटर्याक्ट क्लब अफ गैंडाकोटको आयोजनामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

रोटर्याक्ट क्लब अफ गैंडाकोटको आयोजनामा गैंडाकोट ३ मा निशुल्क पशु स्वास्थ्य शिविर संचालन भएको छ । शनिवार बिहान ८ बजे देखि २ बजेसम्म संचालन भएको उक्त शिविरमा १०५ घरपरिवारका २०० भन्दा धेरै पशुपंक्षीहरुको चेकजाँच भएको हो । शिविरमा विभिन्न रोगकहरुको परिक्षणका साथसाथै, भ्याक्सीनेसनको सुविधा पनि उपलब्ध थियो । कार्यक्रम निकै उल्लासपूर्ण तरिकाले आयोजना भई सु सम्मन्न भएकोमा सम्पूर्ण सहभागी स्थानिय बासिन्दाहरुलाई, कार्यक्रम संयोजक रोटर्याक्टर विनय खनालले धन्यवाद दिनुभयो । बरिष्ठ पशु चिकित्सु प्रा. डा. श्याम किशोर शाह र डा. टीका राम न्यौपानेले उक्त शिविरमा परिक्षणको लागि आएका पशुपंक्षीहरुको चेकजाँच गर्नुभएको थियो भने, लक्ष्य भरतपुरका भेटनरियनहरुले कुशलतापूर्वक कार्यसम्पादन गर्नुभएको कुरा क्लबकी सदस्य रोटर्याक्टर कविता आचार्यले कदिनुभयो । रोटर्याक्टर कौशिक राज पन्त, शिरिस सिग्देल, दिपक पौडेल, विवेक गौतम, जेनिथ आचाय, विन्दु आचार्य र स्वस्तीका घिमिरेको सक्रीय सहभागिता रहेको थियो भने ल्एक्ष् भरतपुरबाट ३० जना भेटेनरियनहरुको स्वयंसेवा रहेको थियो । यस्तो कार्यक्रमलाई स्थानिय क्षेत्रमा नियमित तरिकाले संचालन गर्ने हो भने स्थानिय पशुपालक कृषकहरुको जीवनयापनमा सकारात्मक परिवर्तन आउने स्थानियको प्रतिकृयालाई उदृत गर्दै, वडा नं. ३ का युवा परिचालन समितिका इन्द्र ज्योति पोख्रेलले जानकारी दिनुभयो

प्रकाशित : २०७६ पुष २७ गते ९:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI