असल संस्कृति र सभ्यताको लागि शिक्षाको विकासमा जोड दिनु पर्छ: पुर्व राष्ट्रपति यादव

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २८ गते ४:५७
असल संस्कृति र सभ्यताको लागि शिक्षाको विकासमा जोड दिनु पर्छ: पुर्व राष्ट्रपति यादव

प्रथम राष्ट्रपति डा.रामवरण यादवले शिक्षित समाज भए मात्रै असल सभ्यता र संस्कृतिको विकास हुन्छ, यसका लागि शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । नवजागरण मा.बि मध्यविन्दु-७ चोरमारामा आयोजित श्रीमदभागवत पितृमोक्ष धनधान्याञ्चल विराट ज्ञानमहायज्ञको समुदघाटन समारोहलाई सम्बोधन गर्दै यादवले यस्तो कुरा बताउनु भएको छ । उहाँले संसारका जतिपनि विकसित देशहरु छन् ति सबैले शिक्षाको विकासमा जोड दिएकै कारण यो स्थानमा आईपुगेको बतानुभयो । “जुन देशका नागरिक अस्वस्थ छन् , शिक्षीत छैनन् । त्यो देश कहिल्यै अघि बढ्न सक्दैन ।” डा. यादवले भन्नुभयो,“सबैले शिक्षाको विकासमा जोड दिन आबश्यक छ , असल सभ्यता र सस्कृतिको निर्माण गर्न आबश्यक छ ।”
चिन र भारत जस्ता दुई महान् सभ्यता बोकेका देशको बिचमा रहेको सुन्दर राष्ट्र नेपालको आफ्नै मौलिक पहिचान र सस्कृति रहेको उल्लेख गर्दे पुर्व राष्ट्रपती यादवले नेपालको यो मौलिकपन जोगाईराख्न र अर्को पुस्तालाइ सहि सस्कृति हस्तान्तरण गर्न पनि शिक्षाको विकासमा जोड दिनु पर्ने उल्लेख गर्नुभयो ।
देशमा शिक्षीत जनशक्ती भएमात्र देश विकासको गतिमा अघि बढ्ने भन्दै यादवले स्थानीय तहमा महायज्ञ गरि शिक्षाको विकासमा लागेको भन्दै आयोजकको तारिफ गर्नुभयो ।  
जनकपुरमा एक युवकको ट्रिपरले किचेर हत्या गरेको प्रसङ्ग उल्लेख गर्दे उहाँले शिक्षा नभएकै कारण अपराध बढेको बताउनुभयो । “एकजना पढेलेखेका युवाले खोला जोगाउनु पर्छ ,पानीको मुहान जोगाउन पर्छ भने तर उनको हत्या भयो । यो विडम्वना हो ।” उहाँले भन्नुभयो । मुलुकको अखण्डता र एकता कायम राख्न सबै देशवासीललाइ आग्रह गर्दे उहाँले सस्कृति र सभ्यताको संरक्षण गर्न सबै लाग्न आव्हान गर्नुभयो ।
आईतबार देखि माघ ५ गते सम्म चल्ने महायज्ञको पहिलो दिन बोल्ने बक्ताहरुले क्याम्पसलाई यथाशक्य सहयोग गर्ने बताए । मध्यबिन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर रानाले क्याम्पसलाई १ करोड २० लाख नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघिय सांसद तिलक महतले निर्वाचन क्षेत्र विकास मार्फत् २१ लाख दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै क्याम्पस संचालक समितिका अध्यक्ष तुलसीराम तिवारीले १० लाख दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महायज्ञमा पंण्डित नेत्र प्रसाद पराजुली प्रमुख बाचकको रुपमा रहेका छन् ।

प्रकाशित : २०७६ पुष २८ गते ४:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI