नवलपुर जेसीजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २८ गते १३:१२
नवलपुर जेसीजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

नवलपुर जेसीजको १० औं पद हस्तान्तरण तथा अवार्ड वितरण कार्यक्रम आईतबार सम्पन्न भएको छ । कावासोतीको स्वस्तिक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा वर्ष २०१९ की अध्यक्ष राधा उपाध्यायले आफूले लगाएको जेसीज चेन वर्ष २०२० का अध्यक्ष नारायण प्रसाद न्यौपानेलाई हस्तान्तरण गरिन् ।


विधिको शासन, भ्रातृत्व र व्यक्तित्व विकासको मूलमन्त्र बोकेको जेसीजमा कार्य समितिको कार्यकाल एक वर्षको रहने हुँदा एक कार्यकाल भन्दा बढी नेतृत्व गर्न नपाइने प्रक्रिया अन्य संस्थाको भन्दा नमूना योग्य मानिन्छ ।

२०१९ की अध्यक्ष जेसि राधा उपाध्यायको अध्यक्षता तथा गण्डकी प्रदेश सभा सदस्य बिष्णु प्रसाद लामछिानेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल जेसीजका पूर्ब राष्ट्रिय अध्यक्ष जेसिश्रीधर बस्याल , नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष गोकुल सापकोटा लगायतले बोलेका थिए ।


नवनिर्वा्चित अध्यक्ष न्यौपानेले शपथ ग्रहणपछि विभिन्न पदमा मनोनित गरेका थिए । मनोनित हुनेहरुतर्फ कोषाध्यक्षमा भबिश्वर पाण्डे , महासचिवमा राधिका भुषाल , कानुनी सल्लाहकारमा सुन्दर पोखरेल , शाखा सम्पादकमा तिर्थराज डुर्मे , जनसम्पर्क निर्देशकमा लोकनाथ सिमखडा , सदस्य बृद्दि निर्देशकमा रुपक कडेंल , शाखा प्रकरण निर्देशकमा दिपेन्द्र पौडेल रहेका छन् ।

यसअघि भएको साधारणसभा तथा अधिबेशनबाट २०२० का लागी बाट कार्यकारिणी उपाध्यक्षमा ओमकार घिमिरे , बिनोद बस्ताकोटी उपाध्यक्षहरु राजु चापपगाई , निरञ्जन वगाले , बिनय अधिकारी , अनु सिग्देल निर्वा्चित भएको निर्वाचन आयुक्त कृष्ण अर्यालले घोषणा गरे ।

प्रकाशित : २०७६ पुष २८ गते १३:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI