No ads found for this position

नेपानका अध्यक्ष भण्डारीलाई पितृशोक

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २८ गते १६:०७
No ads found for this position
नेपानका अध्यक्ष भण्डारीलाई पितृशोक
No ads found for this position

काठमाडौं, पुस २८ गते ।

नेपालका विकासकर्मीहरूको राष्ट्रिय सञ्जाल “नेपाल सहभागीमूलक कार्य समूह” (नेपान) का अध्यक्ष झविन्द्र भण्डारीलाई  पितृशोक परेको छ। उहाँका ८२ वर्षे पिता बेदप्रसाद भण्डारीको आफ्नै निवास गुल्मीको चन्द्रकोट गाउँपालिका रुपाकोट दमुका गाउँमा यही पुस २३ गते बुधवार विहान निधन भएको हो। पछिल्लो समय उहाँ श्वास प्रश्वास रोगबाट पीडित हुनुहुन्थ्यो। उहाँको पार्थिब शरीरलाई बुधवार नै गुल्मी तथा स्याङ्गजा जिल्लाको दोभानमा रहेको प्रसिद्ध धाम रुद्रवेणीघाटमा लगी अन्येष्टि गरिएको थियो।

स्व.भण्डारीका श्रीमती र दुई छोरा हुनुहुन्छ र अध्यक्ष  झविन्द्र भण्डारी उहाँका ज्येष्ठ सुपुत्र हुनुहुन्छ। नेपानको गत भदौमा सम्पन्न २५ औं वार्षिक साधारणसभाले सर्वसम्मतिबाट झविन्द्र भण्डारीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो।

नेपालमा हाल करिब ३०० विकासकर्मी सदस्य रहेको र ती सदस्यहरू प्रदेश १ देखि सुदूरपश्चिम प्रदेशसम्म नै फैलिएको कुरा निवर्तमान अध्यक्ष चेतनाथ कणेलले बताउनुभयो। अध्यक्ष भण्डारीका पिताको असामयिक स्वर्गारोहणबाट समस्त नेपान परिवार स्तब्ध भएको कुरा नेपान सचिवालयबाट जारी गरिएको शोक-पत्रमा जनाइएको छ।

प्रकाशित : २०७६ पुष २८ गते १६:०७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI