पितृ मोक्ष महायज्ञको दोस्रो दिन सम्म २ करोड ७५ लाख संकलन

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २८ गते १८:१६
पितृ मोक्ष महायज्ञको दोस्रो दिन सम्म २ करोड ७५ लाख संकलन


आशिष रेग्मी/ चोरमारा

नवजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु ०७ चोरमाराद्वारा आयोजित श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञ संचालनको दोस्रो दिन सम्म आउदा २ करोड ७५ लाख संकलन भएको छ । महायज्ञलाई कसैले ब्यक्तिगत रुपमा कसैले पारिवारिक रुपमा त कसैले संस्थागत रुपमा चन्दा हस्तान्तरण गरिरहेका छन । यसरी चन्दा हस्तान्तरण गर्नेहरुमा स्थानिय समाजसेबि, क्याम्पसका पुर्ब संचालक समितिका पदाधिकारि,प्राध्यापकहरु,पुर्ब बिध्यार्थिहरु तथा स्थानिय संघ सस्थाहरु रहेको आर्थिक समिती संयोजक प्रकाश पङ्गेनिले बताउनुभएको छ ।

महायज्ञको उदघाटन पौष २७ गते भब्य समारोहका बिच नेपालका प्रथम रास्ट्रपति डा.रामबरण यादबले गर्नुभएको थियो ।
महायज्ञमा आजबाट भागवत अलङ्कार पदबिले बिभुषित पन्डित नेत्र प्रसाद पराजुलिले श्रीमद्भागवत कथा बाचन गर्नुभएको छ भने कलाकारले आफ्नो कला तथा धार्मिक झाकी प्रस्तुत गरेका छन ।


महायज्ञमा केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराजद्वारा पितृ मोक्षका लागि बिशेष पुजाको ब्यवस्था गरिएको छ भने दुर्घटनामा(सडक,दुर्घटना,आगलागी,प्राकृतिक प्रकोप,बन्यजन्तुको आक्रमण र अन्य ) परि अल्पआयुमै मृत्युु बरण गरेका मानिसहरुको आत्माशान्तिका नारायणवलि सहितको विशेष पुजा गरिने क्याम्पसका प्रधान संरक्षक बिष्णु कुमार कार्किले बताउनुभएको छ । केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य माघ १ गते देबघाटमा मकर स्नान पश्चात् यज्ञ स्थलमा आउने बताईएको छ ।


क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञमा १५ करोड संकलन गर्ने उदेश्य राखिएको महायज्ञका आर्थिक समिती संयोजक प्रकाश पङ्गेनिले बताउनुभएको छ ।

प्रकाशित : २०७६ पुष २८ गते १८:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI