मुसर्रफलाई फाँसी दिने निर्णय लाहोरको उच्च अदालतले उल्टायो

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २८ गते १९:४५

एजेन्सी । पाकिस्तान पूर्वराष्ट्रपति तथा सैनिक शासक परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्ड फैसलामा अदाललते माफी दिएको छ । सोमबार लाहोरस्थित उच्च अदालतले मुसरर्फलाई माफी दिने फैसला सुनाएको हो । उच्च अदालतले उनलाई सुनाइएको सजाय असंवैधानिक  भएको ठहर गरेको जनाएको छ । मुसरर्फलाई त्यहाँको विशेष अदालतले केही वर्षअघि संकटकाल लगाएको आरोपमा डिसेम्बर १७ मृत्युदण्डको सजाय सुनाएको थियो । लाहोर उच्च अदालतले पूर्वराष्ट्रपति मुसरर्फको सजाय माफ गरेको फैसला सुनाउँदै भनेको छ, मुसरर्फका विरुद्ध दर्ता भएको रिट गैरकानुनी र अवैधानिक छ । त्यसकारण उच्च अदालतले विशेष अदालतको फैसला उल्टाएको छ ।’ मुसरर्फका पक्षबाट एक अधिवक्ताले विशेष अदालतको मृत्युदण्डको सजायका विरुद्धमा उच्च अदालतमा रिट दायर गरेका थिए ।  
 

प्रकाशित : २०७६ पुष २८ गते १९:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI