गुल्मी चितवन मैत्री समाजद्धारा पीडितलाई नगद हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २८ गते २०:३४
गुल्मी चितवन मैत्री समाजद्धारा पीडितलाई नगद हस्तान्तरण

प्रकाश भण्डारी, पौष २८/गैंडाकोट
गुल्मी चितवन मैत्री समाज भरतपुर चितवनद्धारा सोमबार भरतपुरमा एक पीडितलाई सहयोग रकम हस्तान्तरण गरिएको छ। गुल्मी जिल्ला साबिक आँपचौर गाविस वडा नं. ५ घर भै चितवनमा बिगत लामो समय देखी मजदुरी गर्दे आएका भुवन बहादुर बि.क पीडित १४ बर्षीय छोरा मनोज बिश्वकर्माको बायाँ खुट्टा नचल्ने तथा नसा सम्बन्धी समस्या लिएर उपचारका लागी चितवन आएका हुन्।
चितवनमा डेरा गरी ज्याला मजदुरी गर्दे आएका बि.क छोराको उपचारमा सम्पूर्ण रकम खर्च भएपश्चात घर फर्किने पैसा नभएर सहयोगको याचना गर्दे भौँतारिँदै अचानक सोमबार बिहानै गैँडाकोट नगरपालिकामा निवेदन लिई उपस्थित भएका थिए। निज पीडितका बाबु भुवन बि.क लाई नवलपुर टाईम्स अनलाईन मिडियाका सञ्चारकर्मी मार्फत गुल्मी चितवन मैत्री समाज भरतपुर चितवनका वर्तमान अध्यक्ष युवराज खरेललाई सम्पर्क गरिएको थियो। अध्यक्ष खरेलले पीडितको अवस्थालाई मध्यनजर गर्दे फोनसम्पर्कमै निज पीडितको घर गुल्मी आँपचौर सम्म पुग्ने यातायातको व्यवस्था मैत्री समाजले मिलाउने आश्वासन दिनुभएको थियो।
पीडितलाई उद्दार गर्न फोन मार्फत अनुरोध गरिए बमोजिम निज पीडितहरूलाई यातायात र खाजा खर्च बापत नगद सोह्रसय रूपैँया संस्थाका सचिव बिक्रममणी सापकोटाको रोहबरमा पीडितका बाबुलाई हस्तान्तरण गरिएको हो।
पीडितका बाबु भुवनबहादुर बि.क ले नगद प्राप्त गरिसकेपछि नवलपुर टाईम्स तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्दे तपाईँहरूको सहयोगले म आजै राती गुल्मीको यात्रा तय गर्न पाउनेभएँ भनेर खुशी व्यक्त गरेका थिए।
गुल्मी चितवन मैत्री समाज, चितवनमा बि.स २०६० मा दर्ता भएको संस्था हो। संस्थामा हाल २६ जना पदाधिकारी रहेका छन् भने ३२६ जना आजीवन सदस्यहरू रहेका छन। गुल्मी जिल्लाबाट बिभिन्न उद्देश्यले चितवन तथा नवलपरासी आसपासमा बसाई सरी स्थायी बसोबास गर्ने गुल्मी बासिहरूलाई समेटेको संस्थाका सचिव सापकोटाले बताउनुभयो।

प्रकाशित : २०७६ पुष २८ गते २०:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI