No ads found for this position

काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २९ गते १०:४४
No ads found for this position
काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी
No ads found for this position

राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ। काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो।

आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ।

आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन। यद्यपि यसमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको अनुमान गरिएको छ।

प्रकाशित : २०७६ पुष २९ गते १०:४४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI