No ads found for this position

ओस्कर अवार्डमा जोकर फिल्म सर्वाधिक ११ विधामा मनोनित

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २९ गते ११:२१
No ads found for this position
ओस्कर अवार्डमा जोकर फिल्म सर्वाधिक ११ विधामा मनोनित
No ads found for this position

यस वर्षको ओस्कर अवार्डका लागि मनोनयनको घोषणा गरिएको छ । फिल्म जोकरले सर्वाधिक ११ विधामा मनोनित भएको छ । जोकरले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट नायकका साथै अन्य आठ विधामा मनोनित भएको छ । द आयरिशम्यान, १९१७ र वन्स अपन अ टाइम इन हलिउडले १०–१० विधामा मनोनयन पाएका छन् । बेलायतकी सिंथिया एरिवो, एन्थनी हपकिन्स, जोनाथन प्राइस, फ्लोरेन्स प्यूलगायत एक्टिङ अवार्डका लागि मनोनित भएका छन् ।जोकरले गत हप्ता ब्रिटिश एकेडेमी फिल्म अवार्डस्मा पनि ११ श्रेणीमा मनोनयन पाएको थियो ।तर एक्सटर्सको श्रेणीमा सिन्थिया एक्ली कलाकार हुन् जसले ब्रिटिश एकेडेमी अवार्डमा पनि मनोनयन पाएको छ ।जोकरका साथै उत्कृष्ट फिल्मको श्रेणीमा द आयरिशम्यान, १९१७ र वान्स अपन अ टाइम इन हलिउडले पनि मनोनयन पाएको छ । उत्कृष्ट फिल्मको श्रेणीमा फोर्ड भर्सेस फरारी, जोजो र्‍याबिट, लिटिल विमेन, म्यारिज स्टोरी र दक्षिण कोरियाली फिल्म प्यारासाइटले पनि मनोनयन पाएको छ । उत्कृष्ट नायकका लागि जोकरका जोओकिन फिनिक्सबाहेक म्यारेज स्टोरीका एडम ड्राइभर, वन्स अपन अ टाइम इन हलिउडका लागि लियोनार्डो डी क्याप्रियो, पेन एण्ड ग्लोरीका लागि एन्टोनियो ब्यान्डेरस र द टू पोीसका लागि जोनाथन प्राइसले मनोनयन पाएका छन् । उत्कृष्ट नायिकाका लागि एरिवोबाहेक रोनेन, चार्लीज थेरान र रेने जेलवेगर पनि दौडमा छन् । वन्स अपन अ टाइम इन हलिउडमा सपोर्टिङ रोलका लागि ब्राड पिट पनि मनोनित छन् । सब्सक्रिप्शन आधारित ठूला कम्पनी नेटफ्लिक्सको नाम थुप्रै फिल्मसँग जोडिएको छ, यीमध्ये छन् म्यारिट स्टोरी, द आयरिशम्यान र द टू पोप्स । नेटफ्लिक्ससँग जोडिएका फिल्मले २०

प्रकाशित : २०७६ पुष २९ गते ११:२१
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI