पाँचौ राष्ट्रिय योग दिवसको अवसरमा देवचुली नगरपालिकामा म्याराथुन दौड प्रतियोगिता हुँदैं

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २९ गते ११:४८
पाँचौ राष्ट्रिय योग दिवसको अवसरमा देवचुली नगरपालिकामा म्याराथुन दौड प्रतियोगिता हुँदैं

प्रमिला रेग्मी/देवचुली

पाँचौ राष्ट्रिय योग दिवसको अवसरमा देवचुली नगरपालिकामा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । देवचुली नगरपालिका र पतन्जली योग समिति देवचुलीको आयोजनामा माघ १ गते तीन स्पर्धामा दौड प्रतियोगिता हुने देवचुली नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिनु भयो । राष्ट्रिय एकता : योगको सान्दर्भिकता भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा पुरुष ४० वर्ष भन्दा माथी ४.२ किमि, पुरुष ४० वर्ष भन्दा मुनि ४.२ किमि र विवाहित महिला ४.२ किमि स्पर्धामा दौड हुने जनाईएको छ । बिहान ८ बजे सुरु हुने प्रतियोगिता प्रगतिनगरको साँखी चोक बाट सुरु भई दौड कैलाश चोकमा गएर समापन हुने आयोजकले जनाएको छ । यसै गरि दिनको एक बजे देवचुली उद्योग वाणिज्य संघको सभाहलमा योग तथा स्वास्थ्य जीवन यापन सम्बन्धि प्रवचन तथा अन्तरक्रिया कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रकाशित : २०७६ पुष २९ गते ११:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI