सार्वजनिक बसमा अश्लील हर्कत गर्ने एक वर्ष पछि पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २९ गते १२:३३
सार्वजनिक बसमा अश्लील हर्कत गर्ने एक वर्ष पछि पक्राउ

२९ पुस, काठमाडौं । एक वर्षअघि सार्वजनिक बसमा अश्लील हर्कत गर्ने पक्राउ परेका छन् ।प्रहरीले चितवन भरतपुर घर भई बानेश्वर बस्ने रविन कार्की भन्ने रविन रुचाललाई पक्राउ गरेको हो । सोमबार साँझ चितवनबाट पक्राउ गरिएका उनलाई काठमाडौं ल्याइएको छ ।
उनले सार्वजनिक बसभित्र हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा बिर्य पारेका थिए । त्यो भिडियो सामाजिक सञ्जाल तथा पोर्न साइटहरुमा समेत अपलोड भएको थियो । घटनामा संलगनलाई कारबाही गर्न माग भएपनि कोही पक्राउ परेका थिएनन् । प्रहरीकाअनुसार रुचाल काठमाडौंमा रिक्सा चलाउने काम गर्थे । उनले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर यस्तै अश्लील भिडियोहहरु अपलोड गर्ने र भ्यूअरको आधारमा पैसा कमाउने सोचले यो गरेका थिए । तर भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा धेरैले आलोचना गरे र, उनी २०१९ फेब्रुअरीमा भागेर भारतको दिल्ली पुगेका थिए । त्यहाँ करिव ३ महिना मःम प्याक्ट्रीमा काम गरेका उनी कश्मीर पुगे । त्यहाँ पनि करिव ४ महिना बसेका उनी चितवन फर्किएका थिए ।

प्रकाशित : २०७६ पुष २९ गते १२:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI