दक्षिण काेरियामा एक नेपालीद्धारा आत्महत्या

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २९ गते १२:५०
दक्षिण काेरियामा एक नेपालीद्धारा आत्महत्या

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया पुगेका पाँचथरका एक युवकले आत्महत्या गरेका छन्। २१ महिनाअघि कोरिया पुगेका पाँचथरको फिदिम नगरपालिका २ को लालीखर्कका विवेक राईले शनिबार राति झुण्डिएर आत्महत्या गरेको पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष राज चाम्लिङले जानकारी दिनुभयो।कोरियाको दक्षिणी भाग छाङ उमसिमा बङ्गुर फार्ममा काम गर्दै आएका राई केही महिना अघि नेपाल आएर कोरिया फर्केका थिए। बेलुकाको खाना खाएर एउटै कोठामा सुतेका उनका साथीहरुले बिहान उठ्दा विवेकलाई नदेखेपछि खोजी गर्दा कम्पनीभित्रै झुण्डिएको अवस्थामा भेटेका थिए। राईको आत्महत्याको कारण नखुलेको सोलमा रहेको नेपाली दूतावासले जनाएको छ।

प्रकाशित : २०७६ पुष २९ गते १२:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI