रोग निको हुने आश्वसन देखाएर चर्चका पाष्टरद्वारा पटक पटक बलात्कार

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २९ गते १२:५३
रोग निको हुने आश्वसन देखाएर चर्चका पाष्टरद्वारा पटक पटक बलात्कार

काठमाडौं । प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक जना पाष्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु भनिने विश्वास जोशी छन् । महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङका अनुसार जोशीलाई सोमबार साँझ पक्राउ गरिएको हो । चर्चमा नियमित आइरहने एक महिलाले उजुरीले दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो। प्रहरीका अनुसार पाष्टरले आफूसँग यौन सम्पर्क राखे रोग निको हुने आश्वसन देखाएर ती महिलालाई जबरजस्तीकरणी गरेका थिए । पछिल्लो पटक चापागाउँको एक गेष्ट हाउसमा बोलाएर उनले जबरजस्तीकरणी गरेको पीडितले दिएको जोहरीमा उल्लेख गरिएको छ । उनले नराम्रा काम गरेकाले रोग लागेको बताउँदै आफूसँग शारीरिक सम्बन्ध राख्दा पाप नष्ट हुने पनि आवश्सन दिने गरेको जोहरीमा भनिएको छ । तर, सम्बन्धबारे कसैसँग भने परमेश्वरले दिएको शक्ति नष्ट हुने भन्दै उनले धम्की समेत दिएको जनाइएको छ ।पहिलो पटक महिलाले जोशीको विश्वासमा परेर उनले भनेअनुसार गरे पनि पटकपटक सम्बन्ध राख्न खोज्दा यो प्रकरण बाहिर आएको प्रहरीले जनायो ।

प्रकाशित : २०७६ पुष २९ गते १२:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI