पितृमोक्ष महायज्ञको तेस्रो दिन सम्म ३ करोड २५ लाख संकलन , भोलि शिवाचार्य आउने

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २९ गते १७:५२
पितृमोक्ष महायज्ञको तेस्रो दिन सम्म ३ करोड २५ लाख संकलन , भोलि शिवाचार्य आउने

विनयी त्रिवेणि गाउँपालिका द्वारा १५ लाख दिने घोषणा


नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु ०७ चोरमाराद्वारा आयोजित श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञ संचालनको तेस्रो दिन सम्म आउदा ३ करोड २५ लाख संकलन भएको छ । महायज्ञलाई कसैले ब्यक्तिगत रुपमा कसैले पारिवारिक रुपमा त कसैले संस्थागत रुपमा चन्दा हस्तान्तरण गरिरहेका छन । महायज्ञको तेस्रो दिनको कार्यक्रममा प्रमुख अतिथी रहनुभएका बिनयी त्रिबेणि गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसिले क्याम्पसको शैक्षिक उन्नयनका लागि गाउँपालिकाको तर्फबाट रु १५ लाख सहयोगको घोषणा गर्नुभएको छ ।

उहाँले बिनयी त्रिबेणि गाउँपालिकामा कुनै पनि डिग्री कलेज नरहेकाले गाउँपालिकाका बिध्यार्थिका लागी डिग्री पढ्नका लागि नबजागरण बहुमुखी क्याम्पस अन्य क्याम्पस भन्दा नजिक पर्ने कारणले पनि आर्थिक सहयोग रहने बताउनुभएको थियो ।

महायज्ञमा केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराजज्यु भोलि आउनुहुनेभएको छ । उहाँ देबघाटमा मकर स्नान गरि महायज्ञ स्थलमा आउनुहुने बताईएको छ । उहाँ सङ्गै देश बिदेशका मुर्धन्य विद्वानहरुको उपस्थिति रहने बताईएको छ । जगतगुरु द्वारा पितृ मोक्षका लागि बिशेष पुजाको ब्यवस्था गरिएको छ भने दुर्घटनामा (सडक दुर्घटना,आगलागी,प्राकृतिक प्रकोप,बन्यजन्तुको आक्रमण र अन्य )परि अल्पआयुमै मृत्युु बरण गरेका मानिसहरुको आत्माशान्तिका नारायणवलि सहितको विशेष पुजा गरिने क्याम्पसका प्रधान संरक्षक बिष्णु कुमार कार्किले बताउनुभएको छ । पितृ मोक्षका लागि वैदिक सनातन धर्मावलम्बी देश बिदेशका विभिन्न धार्मिक स्थल र शक्ति पिठ धाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै केदारनाथका पिठाधिश द्वारा पितृ मोक्ष पुजाको ब्यवस्था गरिएको आयोजकले बताउदै आएको छ । महायज्ञमा भागवत अलङ्कार पदबिले बिभुषित पन्डित नेत्र प्रसाद पराजुलिले श्रीमद्भागवत कथा बाचन गर्नुभएको छ भने कलाकारले आफ्नो कला तथा धार्मिक झाकी प्रस्तुत गरेका छन


क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञमा १५ करोड संकलन गर्ने उदेश्य राखिएको महायज्ञका आर्थिक समिती संयोजक प्रकाश पङ्गेनिले बताउनुभएको छ ।

प्रकाशित : २०७६ पुष २९ गते १७:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI