No ads found for this position

उपचार पछि भाईरल PHD बाबा फर्किए गुल्मी

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २९ गते २०:२४
No ads found for this position
उपचार पछि भाईरल PHD बाबा फर्किए गुल्मी
No ads found for this position

प्रकाश भण्डारी। पौष २९

गैँडाकोट, नवलपुर

फेसबुक तथा युट्युवमा भाईरल बनेका गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका ७ रूपाकोट सोता निवासी PHD बाबाको नामबाट परिचित “रोमाकान्त भण्डारी” लामो समयको उपचारपछि आज घर फर्किएका छन्।

चन्द्रकोट गाउँपालिका ७ रूपाकोट सोतामा भएको स्वागत तथा धन्यवाद कार्यक्रमका उपस्थित शुभचिन्तकहरू तस्बिर- रामु भण्डारीको फेसबुकबाट

मानसिक सन्तुलन गुमाएका र बेवारिसे जस्तै अवस्थामा कैयौँ बर्ष देखि गाउँ-गाउँमा माग्दै खाएर द:खजिलो दैनिक जीवन चलाईरहेका रोमाकान्त भण्डारीलाई पत्रकार भुवन भुषाल, मोहन बस्नेत, बाबुराम भण्डारी, लगायत गाउँपालिकाका प्रतिनिधि र समाजसेवीको सहयोगमा दुई महिना अगाडि काठमाडौको ग्रिनसिटी अस्पतालमा भर्ना गरिएको थियो।

बिगत ३० बर्ष देखि सिजोफेनिया रोगबाटबाट पीडित रोमाकान्त भण्डारी लाई ७० दिन भन्दा बढी ग्रिनसिटी अस्पतालमा भर्ना गरि उपचार गरिएको थियो। दुई महिना बढि समयको उपचारपछी निज PHD बाबालाई स्वास्थ्यमा ८० प्रतिशत सुधार आएपश्चात अस्पतालबाट डिस्चार्ज गरिएको हो।

अस्पतालमा उपचारको क्रममा ५ लाख भन्दा बढी खर्च भएको छ। उक्त उपचारको क्रममा भएको सम्पूर्ण खर्च ग्रिनसिटी अस्पतालका अध्यक्ष समाजसेवी एल.बि टण्डनले नि:शुल्क उपलब्ध गराउनु भएको नवलपुर टाईम्स सँगको कुराकानीमा बताउनु भयो।

सिजोफेनिया रोगबाट पीडित भण्डारीलाई बाँचुन्जेल औषधी खाईरहनु पर्ने र तीन महिना पश्चात फलोअपका लागी अस्पताल बोलाईएको एल.बि टण्डनले बताउनुभयो।

उपचारको क्रममा गुल्मी जिल्लाबासी तथा सामाजिक सञ्जालको माध्यमबाट निज PHD बाबाका शुभचिन्तक तथा समाजसेवीहरूले उपलब्ध गराउनु भएको नगद ५५ हजार तथा  एल.बि टण्डनले रोमाकान्त आश्रम निर्माणार्थ उपलब्ध गराउनु भएको १ लाख १ हजार सहित १ लाख ५६ हजार रूपैँया आजै एल.बि टण्डन मार्फत चन्द्रकोट गाउँपालिका ७ रूपाकोट सोतामा भएको स्वागत तथा धन्यवाद कार्यक्रममा वडा अध्यक्ष लक्ष्मी भण्डारीलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा उपस्थित हुनुभएका समाजसेवी तथा शुभचिन्कहरूले आश्रम निर्माणार्थ आजै संकलन भएको १ लाख रूपैँया समेत अध्यक्ष भण्डारीलाई हस्तान्तरण गरेका थिए।

रोमाकान्त आश्रम निर्माणार्थ हालसम्म १ लाख ५६ हजार र आज उपस्थित गाउँबासी तथा शुभचिन्तक र समाजसेवी मार्फत संकलन भएको १ लाख समेत गरि जम्मा २ लाख ५६ हजार रूपैँया संकलन भएको छ। रूपाकोट सोतामा रहेको करिब २ रोपनी सार्बजनिक जग्गामा रोमाकान्त आश्रम निर्माण गर्ने पहल भैरहेको टण्डनले बताउनुभयो।

पौष २८ गते सोमबार निज PHD बाबालाई काठमाडौँबाट सिधै भैरहवा प्लेनमा लगिएको थियो।

२०५९ सालमा स्थापित ग्रनसिटी अस्पतालका संचालक/अध्यक्ष तथा समाजसेवी एल.बि टण्डन गुल्मी निबासी हुनुहुन्छ। उहाँ बिगत लामो समय देखि समाजसेवामा सकृय रूपमा लागिरहनुभएको छ।  

प्रकाशित : २०७६ पुष २९ गते २०:२४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI