कावासोतीको सुकुम्बासी बस्तीमा ७५ घरलाई न्यानो कपडा वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १ गते ११:०४
कावासोतीको सुकुम्बासी बस्तीमा ७५ घरलाई न्यानो कपडा वितरण


कावासोती,नवलपुर
कावासोतिका युवा ब्यवसायी हरुको पहलमा कावासोती नगरपालिका वडा न ३ को सुकुम्बासी बस्तिमा ७५ घर धुरिलाइ जाडोको लागी न्यानो शिरक बितरण गरिएको छ।कावासोती नगरपालिका वडा न ३ का वडाध्यक्ष अमृत कुमार श्रेष्ठको समन्वयमा सम्पन्न कार्यक्रममा कावासोती र देवचुलि नगरपालिका युवा व्यवसायी तथा समाजसेवी हरुले सहयोग गरेका थिए।
जाडो बढीरहदा सुकुम्बासी बस्तिबाट सहयोगको लागी अनुरोध आएको हुदा आफुहरुले सहयोगको लागी अपिल गरेर सबैको सहयोगमा कार्यक्रम गरिएको अभियान्ता प्रबिन सापकोटाले बताए।आफुले धेरै ठाउमा सहयोग गरेको भएपनी आफ्नै हातबाट बितरण गर्ने कार्यक्रम अहिले सम्म नभएको र आफ्नै हातबाट सहयोग हस्तान्तरण गर्न पाउदा आफु अत्यन्तै हर्षित भएको भन्दै सहयोगी बिशाल तिवारीले खुसी व्यक्त गरे।


कार्यकमा ७५ घरधुरीलाइ शिरक,एक जना शारीरिक रुपमा अशक्त महिलालाइ नगद सहयोग गरिएको थियो।सहयोग ग्रहण गरेपस्चात धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता सहयोग हरु आउने आफुहरुलाइ अपेक्षा रहेको बुढी आमा धनमाया परियारले बताइन।अभियानका संयोजक किरण भुर्तेलले संचालन गरेको कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले आफ्नो वडाको सुकुम्बासी बस्तिमा स्थानीय बासिन्दाहरुको दु:खद अवस्था देखेपछी कार्यक्रमका आयोजक हरुलाइ सुकुम्बासी बस्तिमा सहयोगको लागी अनुरोध गरेको भन्दै आगामी दिनमा पनि वडा न ३ को सुकुम्बासी बस्तिको हरेक सुख दुखमा हरदम आफु पनि सङ्गै रहने प्रतिबद्धता सहित अभियानका नेतृत्वगर्ने समुह सहित सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।


कावासोती नगरपालिकाको सुकुम्बासी बस्तिमा सम्पन्न भएको कार्यक्रममा भण्डारी हार्डवेयरका संचालक महेन्द्र भण्डरी, सिद्धार्थ सुनचादि पसलका संचालक रबिन्द्र गहतराज,सुन्दर लम्साल ,केशर थापा,नवलपुर जेसिजका अध्यक्ष नारायण न्यौपाने,ओमकार घिमिरे ,दिलिप तिमिल्सिना ,चिरन पान्डे, बेट्टु रानाभाट ,राजकुमार श्रेष्ठ ,नवराज भण्डारि ,केशव खत्री लगायतका सहयोगि हरु उपस्थित रहेका थिए।

प्रकाशित : २०७६ माघ १ गते ११:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI