No ads found for this position

नेपाल प्रहरीमा १८०५ जनाका लागि जागिर खुल्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १ गते १२:४८
No ads found for this position
नेपाल प्रहरीमा १८०५ जनाका लागि जागिर खुल्यो
No ads found for this position

नेपाल प्रहरीमा ठूलो संख्यामा जागीर खुलेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग, भर्ना छनोट महाशाखाले सूचना जारी गर्दै प्राविधिक प्रहरी जवान पदका लागि दरखास्त माग गरेको हो । महाशाखाले १ हजार ७२ जनाका लागि दरखास्त माग गरेको छ।

जस अन्तर्गत सञ्चार निर्देशनलाय तर्फ इन्जिनियरिङका लागि समावेशी आधारमा ६११ जनाको माग छ। त्यस्तै सूचना प्रविधि निर्देशनालयका लागि ४३ जनाको माग छ। त्यस्तै भौतिक पूर्वाधार निर्देशनालयका लागि ६३ जना, सवारी महाशाखाका लागि १२६ जना, केनाइल महाशाखा तर्फ ५३ जना, हातहतियार मर्मत शाखाका लागि ६ जना, नेपाल प्रहरी अस्पतालका लागि १९ जना, केन्द्रीय विधि विज्ञान प्रयोगशालाका लागि ७ जना र नेपाल प्रहरी संगीत विद्यालय तर्फ १४४ जनाको माग गरेको हो। इच्छुकले प्रदेश १ को विराटनगर, २ को जनकपुर, सप्तरी बागमतीको सिन्धुली, गण्डकी प्रदेशको पोखरा, ५ को वुटवल, कर्णाली प्रदेशको सुर्खेत, सुदूर पश्चिमको दिपायल, महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर, ललितपुर र प्रत्येक जिल्लाको जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाइने र बुझाउन सकिनेछ सूचनामा उल्लेख गरिएको छ।

जनपद समूह तर्फ प्रहरी निरिक्षक र प्रहरी सहायक निरिक्षक पदमा ७३३ जनाको माग रहेको छ।

बिज्ञापन हेर्नुहोस।

प्रकाशित : २०७६ माघ १ गते १२:४८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI