यो देवभुमिलाई म दुई मेडिकल कलेज र एक विश्वविध्यालय दिनेछु : कालिबाबा

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १ गते २०:००
यो देवभुमिलाई म दुई मेडिकल कलेज र एक विश्वविध्यालय दिनेछु : कालिबाबा

नेपाल देवताको बासस्थान हो :शिवाचार्य ।

आशिष रेग्मी/चोरमारा
नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु ०७ नवलपुरद्वारा संचालित महायज्ञमा आज बिशिस्ट ब्यत्तित्वहरुको उपस्थिति भएको छ । पौष २७ गतेदेखी संचालित पितृ मोक्ष महायज्ञमा आज केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराजज्यु र परमपुजनिय कालिबाबाको उपस्थिति रहेको थियो । उहाँहरुलाई आयोजक तथा उपस्थित हजारौ भक्तजनहरुले भब्य स्वागत गरेका थिय । मध्यबिन्दु रङ्गशालासम्म हेलिकप्टरमा आउनुभएका दुबैलाई भजन कृतन,झाकी र बाजागाजा सहित यज्ञ शाला लगिएको थियो । महायज्ञमा कालिबाबा उपस्थित भएको करिब १ घन्टा ३० मिनेट पछाडी केदारनाथका पिठाधिशको उपस्थिति रहेको थियो ।


उपस्थित भएका हजारौ भक्तजनलाई आशिरबचन दिने क्रममा कालिबाबाले नेपाल देबभुमि भएको उल्लेख गर्दै देबभुमि ढिलो चाडो हिन्दु रास्ट्र हुनेमा शंका नरहेको बताउनुभएको थियो । उहाँले नेपालको माटो नै चन्दन जस्तो पबित्र रहेको उल्लेख गर्दै भन्नुभो “म यो देबभुमिलाई दुईवटा मेडिकल कलेज र एक बिस्वबिध्यालय दिनेछु” उहाँले नेपाल भित्र आफुले मेडिकल कलेज र बिस्वबिध्यालय बनाउन चाहेको बताउनुभएको थियो । यस अघि पनि उहाँले नेपाल तथा भारतको शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गरेको बुझिएको छ । कालिबालाई नबजागरण बहुमुखी क्याम्पसका प्रधान संरक्षक बिष्णु कुमार कार्की लगायतका आयोजकले अभिनन्दन गर्नुभएको थियो भने १७ करोड लागत रहने गरि तयार गरिएको क्याम्पसको गुरुयोजना प्रदान गरिएको थियो । त्यस्तै केदारनाथका पिठाधिशलाई पनि प्रधान संरक्षक कार्किले सम्मान स्वरुप आरती प्रदान गर्दै अभिनन्दन गर्नुभएको थियो । गुरुयोजना ग्रहण गर्दै कालिबाबाले क्याम्पसको शैक्षिक उन्नयनका लागि आफ्नो सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।


कालिबाबाको बिदाई पछि उपस्थित हुनुभएका केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराजज्युले आशिरबचन दिने क्रममा नेपाल देबताहरुको बासस्थान रहेको उल्लेख गर्दै केदारनाथमा भगवान शिबको पिठको भाग र नेपालको भक्तपुरमा रहेको डोलेश्वर महादेबको मन्दिरमा भगवानको शिरको भाग रहेका कारणले नेपाल भारतको सम्बन्ध भगवानकै पालोदेखी रहेको बताउनुभएको थियो । उहाँले भक्तजनहरुले गरेको स्वागत र सम्मानले आफू पुलकित भएको बताउदै मकर शक्रान्तिको दिन केदारनाथ भगवानसङ्ग नवलपुरका भक्तजनको यशोभिबृदिका लागि प्रार्थना गर्ने बताउनुभएको थियो । जगतगुरु शिवाचार्य ३ दिन महायज्ञ स्थलमा नै रहनुहुनेछ भने कालिबाबा आज नै झापा प्रस्थान गर्नुभएको छ । केदारनाथ पिठाधिश्वर देबघाटमा मकर स्नान पश्चात् र कालिबाबा पशुपतिको दर्शन पछि महायज्ञमा आउनुभएको थियो ।


कालिबाबा र जगतगुरु शिवाचार्यको उपस्तिथिले महायज्ञमा छुट्टै रौनकता थपिएको थियो । भक्तजनको उपस्थिति धेरै भएकाले ब्यवस्थापनका लागि आयोजकलाई हम्मेहम्मे परेको थियो । माघ ०६ गते सम्म चल्ने महायज्ञमा केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्यद्वारा समस्त पितृको मुक्तिका लागि बिशेष पुजाको ब्यवस्था गरिएको छ भने अल्पआयुमै मृत्युवरण गरेका मानिसहरुको आत्माशान्तिका लागि नारायणवली सहितको विशेष पुजा हुने आयोजकले बताएको छ । स्नातकोत्तर कक्षा संचालन,स्नातक तहमा स्तरिय प्राबिधीक शिक्षा र सुबिधा सम्पन्न क्याम्पस संचालनार्थ आयोजित महायज्ञको चौथो दिन सम्म आउदा ३ करोड ५० लाख भन्दा बढी चन्दा रकम संकलन भईसकेको आयोजकले बताएको छ ।

प्रकाशित : २०७६ माघ १ गते २०:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI