No ads found for this position

दुर्गा प्रसाईलाई प्रकाउ गर्न वारेन्ट जारी

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २ गते १३:५३
No ads found for this position
दुर्गा प्रसाईलाई प्रकाउ गर्न वारेन्ट जारी
No ads found for this position

झापास्थित बिएण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न वारेण्ट जारी गरिएको छ। चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले आफूमाथि प्रसाईंले अभद्र व्यवहार गरेको भन्दै भक्तपुर प्रहरी परिसरमा बुधबार उजुरी दिएका थिए। प्रहरीका एसपी सविन प्रधानले अनुसन्धानको सबै प्रक्रिया अघि बढेको बताए। उजुरी परेपछि प्रहरीले सिडिओ कार्यालय भक्तपुरसँग प्रसाईंलाई पक्रन अनुमति माग गरेको थियो।


भक्तपुरकी सिडिओ हुमकला पाण्डेले उनलाई पक्रन बुधबार नै वारेण्ट जारी गरेको कार्यालय स्रोतले पुष्टि गरेको छ। प्रसाईंले बिएन्डसी मेडिकल कलेजको सम्बन्धन निवेदन लिएर आयोग जाँदा गिरीले निवेदन दर्ता नगराई २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए। त्यसपछि प्रसाईंविरूद्ध गिरीले मंगलबार काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा हालेका थिए। यससँगै प्रसाईं र गिरीबीच मुद्दा हालहालको स्थिति बनेको थियो। प्रसाईंले सोमबार गिरीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराएका थिए। निवेदन लिएर जाँदा दर्ता नगराई गिरीले होटल द्वारिकाजमा बोलाएर २० करोड रुपैयाँ वा कलेजको दस प्रतिशत सेयर मागेको आरोप प्रसाईंले लगाएका थिए। उक्त आरोप झुटो भएको बताउँदै आएका गिरीले भक्तपुर जिल्ला प्रशासन कार्यालयमा बुधबार अभद्र व्यवहार गरेको भन्दै प्रसाईंविरूद्ध उजुरी हालेका थिए।

प्रकाशित : २०७६ माघ २ गते १३:५३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI