चिसो बढयो, नवलपुर सहित देशका धेरै ठाउँमा वर्षा

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २ गते १५:५३
चिसो बढयो, नवलपुर सहित देशका धेरै ठाउँमा वर्षा

नवलपुर-हिजो सम्म घाम देखिएको नवलपुर सहित देशका अधिकांश स्थानमा  मौसममा एकाएक बदलाव आएको छ । मौसममा बदली भए सँग आज नवलपुर सहित देशका धेरै स्थानमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार  मध्य तथा पश्चिमी  भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडीरहिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ जनाईएको छ ।
तापक्रम 
बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस रहेको थियो । बुधबार अधिकतम तापक्रम २१.३ डिग्री रहेको थियो । 
पश्चिमी भेगमा बुधबार वर्षा भएको थियो । नेपालगन्जमा ७ मिलिमिटर, दाङमा ४ तथा वीरेन्द्रनठगर र जुम्लामा २–२ तथा पोखरामा ०.७ मिलिमिटर वर्षा भएको थियो । 

प्रकाशित : २०७६ माघ २ गते १५:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI