जगतगुरु शिवाचार्यद्वारा क्याम्पसमा सुबिधा सम्पन्न भवन बनाईदिने घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २ गते १७:१३
जगतगुरु शिवाचार्यद्वारा क्याम्पसमा सुबिधा सम्पन्न भवन बनाईदिने घोषणा

पाचौं दिन सम्म करिब ५ करोड संंकलन

आशिष् रेग्मी/चोरमारा
नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु ०७ नवलपुरद्वारा पौष २७ गते देखी संचालित पितृ मोक्ष महायज्ञमा आशिरबचन दिने क्रममा केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराजज्युले नबजागरण बहुमुखी क्याम्पस प्राङ्गणमा सुबिधा सम्पन्न भवन बनाईदिने घोषणा गर्नुभएको छ ।


शिवाचार्यले अबको एक बर्ष भित्र क्याम्पस प्राङ्गणमा भबन निर्माणको काम थालिने र भवनको उदघाटन गर्न आफू स्वयम् उपस्थित हुने घोषणा गर्नुभएको हो । महायज्ञको आजको कार्यक्रममा जगतगुरु शिवाचार्यको दर्शनको लागि समय छुट्टाईएको थियो । जाडो मौसम ,निरन्तरको बर्षा भएपनी मौसमको प्रवाह नगरी महायज्ञमा भक्तजनहरुको उल्लेखनिय सहभागिता रहेको थियो । शिवाचार्यद्वारा महायज्ञको भोलिको कार्यक्रममा पनि भक्तजनलाई दर्शन दिने कार्यक्रम रहेको क्याम्पसका प्रधान संरक्षक बिष्णु कुमार कार्किले बताउनुभएको छ ।

दर्शन गर्ने भक्तजनलाई शिवाचार्यले केदारनाथको प्रशाद स्वरुप रुद्राक्ष प्रदान गर्नुभएको भएको थियो । महायज्ञको पाचौं दिन शिवाचार्य सङ्गै स्वामि सोमबाबाको पनि विशेष उपस्तिथि रहेको थियो । सोमबाबाले महायज्ञमा १ लाख गिताको पुस्तक बितरण गर्ने कार्यक्रम रहेको जनाईएको छ । आजको कार्यक्रममा सामुदायिक बन महासंघ मध्यबिन्दुका अध्यक्ष होमनाथ पान्डेले महायज्ञलाई महासंघको तर्फबाट करिब ५६ लाख सहयोगको घोषणा गर्नुभएको थियो । मध्यबिन्दु बन महासंघ सङ्गै विभिन्न ब्यक्तित्व तथा संघ संस्थाहरुले चन्दा रकमको घोषणा गरेका थिय । महायज्ञको पाचौं दिन सम्म आउदा करिब ५ करोड दान रकम संकलन भएको आर्थिक समिती संयोजक प्रकाश पङ्गेनीले बताउनुभएको छ ।


माघ ०६ गते सम्म संचालन हुने महायज्ञमा अल्पाआयुमै मृत्युबरण गरेका मानिसहरुको आत्माशान्तिका लागि नारायणवलि सहितको बिशेष पुजा र समस्त पितृको मुक्तिका लागि विशेष पुजा भईरहेको जनाईएको छ । क्याम्पसको शैक्षिक उन्नयनका निमित्त आयोजित महायज्ञ भागवत अलङ्कार पदबिले बिभुषित पं नेत्र प्रसाद पराजुलिज्युको प्रमुख बाचकत्वमा संचालन भईरहेको हो ।

प्रकाशित : २०७६ माघ २ गते १७:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI