No ads found for this position

गैँडाकोट २ मा बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत घरधुरी सर्बेक्षण सम्बन्धि तालिम सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २ गते १७:५७
No ads found for this position
गैँडाकोट २ मा बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत घरधुरी सर्बेक्षण सम्बन्धि तालिम सम्पन्न
No ads found for this position

प्रकाश भण्डारी। माघ २

गैँडाकोट

गैँडाकोट नगरपालिकाको वडा नं. २ मा आज बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत घरधुरी सर्बेक्षण तालिम सम्पन्न गरिएको छ।

बालमैत्री स्थानीय शासन कार्यक्रम लागू गर्नका लागि नगरपालिकाले उक्त एकदिने घरधुरी सर्बेक्षण तालिमको आयोजना गरेको वडा अध्यक्ष पौडेलले जानकारी गराउनुभयो। कार्यक्रमका प्रशिक्षक रञ्जन कपाली साथै नगरपालिका स्तरीय बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत गैँडाकोट नगरपालिकाका सहजकर्ता गोपिकृष्ण भुषालले गर्नुभएको थियो भने कार्यक्रममा वडा नं. २ का १० टोलबिकास संस्था भित्रका १० जना सहभागीहरू उपस्थित रहेको थिए।

घरधुरी सर्बेक्षण सम्बन्धि तालिम कार्यक्रममा (Kobo Collect) नामको मोवाईल एप बाट सहभागिहरूलाई घरधुरी सर्वेक्षणमा सोधिने प्रश्नोत्तर बारे प्रशिक्षक कपालीले जानकारी गराउनुभएको थियो। (Kobo Collect) मोबाईल एप अन्तर्गत घरधुरीमा अनिवार्य सोधिने ५० भन्दा बढी प्रश्नहरूबारे तालिममा प्रशिक्षण दिईएको हो।

बालमैत्री स्थानीय शासन भन्नाले बाल बचाउ, बाल संरक्षण, बाल बिकास, र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका ४ खम्बा अन्तर्गतका ४२ वटा सुचकहरुमा आधारित रही स्थानिय निकायको नीति, संरचना,प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति भने बुझिन्छ।

हालसम्म गैँडाकोट नगरपालिकाका १८ वडा मध्ये वडा नं. १ र ११ वडालाई बालमैत्री वडा घोषणा गरिसकिएको छ। वडा नं. ५ को कार्यक्रम अन्तिम चरणमा पुगेको र छिट्टै ५ नं. वडालाई बालमैत्री वडा घोषणा गर्ने वडाध्यक्ष नवराज कंडेल भनाई छ। अन्य वडा कार्यालयलाई बालमैत्री वडा घोषणा गर्ने तयारीमा रहेको गैँडाकोट नगरकार्यपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले नवलपुर टाईम्सलाई बताउनुभयो।

गैँडाकोट नगरपालिका वडा नं. २ को कार्यालयमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष ध्रुबराम पौडेल तथा कार्यक्रम सञ्चालन भगवती अधिकारीले गर्नुभएको थियो।

प्रकाशित : २०७६ माघ २ गते १७:५७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI