No ads found for this position

पौने दुईलाख केजि रक्तचन्दन भारत लैजान स्वीकृती

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ३ गते ६:४५
No ads found for this position
पौने दुईलाख केजि रक्तचन्दन भारत लैजान स्वीकृती
No ads found for this position

रासस

सरकारले लामो समयदेखि सड्ने अवस्थामा पुगेको करिब पौने दुई लाख किलोग्राम रक्तचन्दन काठ उत्पत्ति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिएको छ। सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बन्धित अधिकारीलाई ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि’ (साइटिस) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम सो स्वीकृति दिएको हो। सो निर्णय गत पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सार्वजनिक गरेको निर्णयअनुसार जम्मा एक लाख ७३ हजार ७१ केजी रक्तचन्दन काठ जेजस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट आफ्नै खर्चमा ९० दिनभित्र उत्पत्ति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिइएको हो।  सो रक्तचन्दन विभिन्न समयमा अवैधरुपमा चीन लैजान खोज्दा बरामद भएको हो। बरामद रक्तचन्दन १२ वर्षदेखि बबरमहलस्थित वन विभाग, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सप्तरी, सर्लाही, झापा, नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायत २० जिल्लामा कडा सुरक्षाका साथ राखिएको छ। सबैभन्दा बढी परिमाण वन विभाग परिसरमा रहेको छ ।

 वन तथा भू–संरक्षण विभागका अनुसार उक्त काठ भारतका आन्ध्र प्रदेश, कर्नाटक र तामिलनाडु राज्यबाट नेपालका विभिन्न सीमा नाका हुँदै चीनतर्फ तस्करी हुने क्रममा बरामद गरिएको हो। नेपाल सन् १९७५ जुन १८ मा साइटिसको पक्ष राष्ट्र बनेको हो। महासन्धिको व्यवस्थाविपरीत नेपाल प्रवेश गरेका रक्तचन्दन बरामद गरिएको थियो। ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐन, २०७३’ ले बरामद रक्तचन्दनको सहज व्यवस्थापन गर्ने कानूनी बाटो खोलेको हो। ऐनबमोजिमको कार्यविधि पूरा नभई पैठारी भएको कारणले जफत भएको सङ्कटापन्न वनस्पति जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउन सकिने व्यवस्था छ।
फिर्ता गर्दा लाग्ने खर्च त्यसरी फिर्ता लैजाने मुलुकले व्यहोर्नुपर्छ। नेपालबाट निर्णय भएको मितिले ९० दिनभित्र सम्बन्धित मुलुकले त्यस्तो वनस्पति वा सोको नमूना फिर्ता लैजानुपर्ने कानूनी व्यवस्था छ। कुनैबेला चीनतिर अवैधरुपमा लैजाँदै गरेको अवस्थामा दिनहुँ जस्तै रक्तचन्दन बरामद हुने गथ्र्यो। यसमा कडाइ गरिएपछि हाल भने रक्तचन्दनको तस्करीविसं २०६२ देखि २०७१ को अवधिमा मुलुकका विभिन्न स्थानबाट दुई लाख केजीभन्दा बढी रक्तचन्दन काठ बरामद गरिएको थियो। विभागका अनुसार नेपालमा पहिलोपटक २०६२ फागुन २ गते सिन्धुपाल्चोकमा रक्तचन्दन काठ बरामद गरिएको थियो। यसैगरी पछिल्लोपटक २०७१ साल भदौ २१ गते रसुवामा ६४ किलोग्राम रक्तचन्दन बरामद भएको विभागको अभिलेखमा उल्लेख छ।

प्रकाशित : २०७६ माघ ३ गते ६:४५
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI