No ads found for this position

चिनियाँ पर्यटक बस दुर्घटना २ को मृत्यु ३१ घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ३ गते १४:०१
No ads found for this position
चिनियाँ पर्यटक बस दुर्घटना २ को मृत्यु ३१ घाइते
No ads found for this position

भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा २ जनाको मृत्यु भएको छ भने ३१ जना घाईते भएका छन् । घाइतेमध्ये ३१ जना चिनियाँ पर्यटक रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडीबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बस बिहान ११ः१५ बजे ठक्कर दिएको थियो । ट्रकमा ठोक्किएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी पर्यटक बसमा सवार २ जनाको मृत्यु भएको छ भने बसमा सबार घाईतेहरूको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पर्यटक सौराहा जाँदै गरेको जनाइएको छ। 

प्रकाशित : २०७६ माघ ३ गते १४:०१
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI