काठमाडौँ । गायिका आस्था राउतले आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । चेकजाँचको क्रममा गायिका राउतले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र व्यवहार गरेकी भन्दै जवान श्रेष्ठले उजुरी दिएकी हुन् ।
श्रेष्ठको उजुरी विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले प्रहरी जवान श्रेष्ठले उजुरी दिएको पत्र आइपुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रकाशित : २०७६ माघ ३ गते १६:३५
No ads found for this position
Facebook Comment