No ads found for this position

बालक्लव संजाललाइ नेतृत्व विकास सम्वन्धि तालिम

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ३ गते १८:५२
No ads found for this position
बालक्लव संजाललाइ नेतृत्व विकास सम्वन्धि तालिम
No ads found for this position

नारायण प्रभु/कावासोती
कावासोती नगरपालिकाको बालमैत्री स्थानीय शासन अभियान अन्तर्गत वडा तथा नगर बाल संजालका बालबालिकालाइ २ दिने नेतृत्व विकास सम्वन्धि तालिम सुक्रबार कावासोतीमा सम्पन्न भएको छ ।
बालमैत्री अभियानलाइ तिव्र रुपमा अगाडी बढाइरहेको अवस्थामा अव छिट्टै वडा तथा नगरलाइ बालमैत्री घोषणा गर्न सघाउ पुर्याउन वडा तथा घोषणा अभियानलाइ सार्थकता प्रदान गर्नकालागी २ दिन सम्म उक्त तालिम संचालन गरीएको थियो ।
तालिममा कावासोती नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारीले नेता र नेतृत्व भनेको के हो, नेतृत्व विकास कसरी भन्ने विषयमा सहभागीलाइ छलफल मार्फत जानकारी दिनुभएको थियो । सोही क्रममा श्रोत शिक्षक तिर्थराज कंडेलले नेतामा हुनु पर्ने गुणहरु, नेतृत्व विकासका संभावनाका क्षेत्रहरु, बालक्लवको बैठक, बैठकको माग आवश्यकता तथा विधि बारे सहभागीलाइ समुहकार्य दृष्य सामाग्री सहित जानकारी दिनु भएको थियो ।


त्यसैगरी पूर्व बालक्लव अभियन्ता तथा देवचुली टेलिभिजन प्रवन्धक के बि रानाले बैठकका तरिका छलफल तथा प्रस्ताव माइन्यूट के हो कसरी लेख्ने निर्णय कसरी लेख्ने जस्ता विषयमा प्रयोगात्मक अभ्यास सहित प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
बालबालिकाको अधिकार संरक्षण कर्तव्य व्यवहारीक ज्ञान पारिवारीक सामाजिक तथा वैयक्तिक जीवनको शिप जस्ता विषयमा बाल अधिकार कर्मि तथा शिक्षक दिपकराज घिमिरेले समुह कार्य सहित छलफल गराउनु भएको थियो ।
कार्यक्रममा नगर बाल संजालका अध्यक्ष बिकास रिजाल उपाध्यक्ष स्नेहा न्यौपाने वडा तहका अध्यक्ष सचीव लगायतले यस तालिमले आफ्नो सामाजिक तथा बैयक्तिक विकासमा सकारात्मक परिवर्तन ल्याउनका लागि अपेक्षा गरीए अनुरुप भएको बताएका थिए । तालिममा कावासोती नगरपालिका बालमैत्री संयोजक बिना प्यूठानी (न्यौपाने) ले समन्वय, सहजीकरण, व्यवस्थापन तथा संचालन गर्नुभएको थियो । तालिममा वडा तथा नगर तहका गरी जम्मा ४० जना बालबालिकाको सहभागीता रहेको थियो ।

प्रकाशित : २०७६ माघ ३ गते १८:५२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI