No ads found for this position

क्याम्पसको शैक्षिक उन्नयनका लागी सक्दो सहयोग गर्छु: निधि

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ३ गते २०:२३
No ads found for this position
क्याम्पसको शैक्षिक उन्नयनका लागी सक्दो सहयोग गर्छु: निधि
No ads found for this position

जगतगुरु शिवाचार्यद्वारा ब्रमस्थानमा ब्रमघाटको शिलान्यास ।



आशिष रेग्मी । माघ ०३ ,चोरमारा
नेपाली काङ्ग्रेसका उपसभापति तथा पुर्ब उपप्रधानमन्त्री बिमलेन्द्र निधिले मध्यबिन्दु ०७ नवलपुरमा रहेको नबजागरण बहुमुखी क्याम्पसको शैक्षिक उन्नयनको लागि सक्दो पहल गर्ने बताउनुभएको छ । नबजागरण बहुमुखी क्याम्पसले पौष २७ गते देखी संचालन गरेको पितृ मोक्ष महायज्ञको आजको कार्यक्रममा बोल्ने क्रममा निधिले यस्तो बताउनुभएको हो । महायज्ञको आजको कार्यक्रममा प्रमुखी अतिथी रहनुभएका नेपाली काङ्ग्रेसका उपसभापति तथा पुर्ब उपप्रधानमन्त्री बिमलेन्द्र निधिले शैक्षिक उन्नयनका निमित्त क्याम्पसले गरेको प्रयत्न प्रशंशनिय छ भन्दै शिक्षाको स्तर वृद्धिका निमित्त आफुले सदैब सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

सो क्रममा निधिलाई केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराजले रुद्राक्ष र गिताको पुस्तक प्रदान गर्नुभएको थियो । निधी सङ्गै माननीय ओमकला गौतम,क्याम्पसका प्रधान संरक्षक बिष्णु कुमार कार्की,प्रमुख बाचक पण्डित नेत्र प्रशाद पराजुलि लगायतका विशिष्ट ब्यक्तित्व तथा आयोजकलाई जगतगुरु शिवाचार्यले रुद्राक्ष र गिताको पुस्तक प्रदान गर्नुभएको थियो । महायज्ञको पाचौं दिनदेखी उपस्थित भक्तजनलाई रुद्राक्ष र गिताको पुस्तक बितरण गर्ने गरिएको छ । महायज्ञमा १ लाख गिताको पुस्तक बितरण गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । महायज्ञको आजको कार्यक्रममा चन्दादाता संघ संस्था र ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
जाडो मौसम लगातारको बर्षा भएपनी उल्लेखनिय भक्तजनको उपस्थितिमा महायज्ञको आजको कार्यक्रम सम्पन्न भएको थियो ।
महायज्ञको छैठौं दिन सम्म आउदा करिब ५ करोड २५ लाख दानरकम संकलन भएको आर्थिक समिती संयोजक प्रकाश पङ्गेनीले बताउनुभएको छ । महायज्ञ माघ ०६ गते सम्म संचालन हुनेछ । महायज्ञको रौनकता बढ्दै जादा अपेक्षित सहयोग रकम उठ्नेमा आयोजक ढुक्क रहेको पङ्गेनीको भनाई छ ।

ब्रमस्थानमा ब्रमघाटको शिलान्यास ।



मध्यबिन्दु नगरपालिका वडा नं ०३ मा रहेको ब्रमस्थानमा ब्रमघाटको शिलान्यास गरिएको छ
। आज एक कार्यक्रमका बिच केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराजले ब्रमघाटको शिलान्यास गर्नुभएको हो । नबजागरण बहुमुखी क्याम्पसद्वारा संचालित महायज्ञमा आउनुभएका जगतगुरु र उहाँका सहयोगिले सुबिधासम्पन्न ब्रमघाट निर्माण गर्ने गरि शिलान्यासको कार्यक्रम राखिएको दिर्घायु नेपालका संयोजक तथा शिवाचार्यका सहयोगी केशब घिमिरेको भनाई छ । ब्रमस्थानमा सुबिधासम्पन्न ब्रमघाट सङ्गै भुतनाथको मन्दिर,सुबिधासम्पन्न आश्रम,कृयापुत्रीका लागि भवन लगायतका आवश्यक भौतिक पुर्बाधार निर्माण गरिने घिमिरेले बताउनुभएको छ ।


ब्रमघाट निर्माणमा मध्यबिन्दु नगरपालिकाले सृजनात्मक भुमिका निर्बाह गर्ने नगर प्रमुख चन्द्र बहादुर रानाले बताउनुभएको छ ।
यस अघि केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराजज्युले नबजागरण बहुमुखी क्याम्पस प्राङ्गणमा सुबिधा सम्पन्न क्याम्पस भवन बनाईदिने घोषणा गर्नुभएको थियो । नवलपुर टाइम्स सङ्गको कुराकानिमा शिवाचार्यले आफ्ना भक्तहरुको सहयोगमा क्याम्पस भवन र ब्रमघाट निर्माण गरिने बताउनुभएको छ ।

(ब्रमस्थानमा ब्रमघाटको शिलान्यास किन गरियो,ब्रमस्थानको धार्मिक महत्व र किम्बदन्ति सन्दर्भको समाचार पछि प्रकाशन गरिनेछ )

प्रकाशित : २०७६ माघ ३ गते २०:२३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI