No ads found for this position

प्रमाण नभेटिएपछि अनु मलिकमाथि लागेको यौन शोषणको केस बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ४ गते १०:१८
No ads found for this position
प्रमाण नभेटिएपछि अनु मलिकमाथि लागेको यौन शोषणको केस बन्द
No ads found for this position

सन् २०१८ मा सुरु भएको ‘मीटू अभियान’ को सिलसिलामा बलिउडका केही हस्तीहरु पनि मुछिए । जसमा संगितकार अनु मलिकको नाम पनि सामेल भयो । अनुमाथि सोना महापात्रा, श्वेता पण्डित, नेहा भसीन, केरालिसा मोन्टेरियो र डेनिका डिसूजाले यौन शोषण गरेको आरोप लगाएका थिए ।  उनीहरुले लगाएको आरोपपछि राष्ट्रिय महिला आयोगले अनुको विरुद्ध प्रशस्त प्रमाण नजुटेपछि उक्त केस बन्द भएको छ । आयागकी बर्नाली सोमले सोटी पिक्चर्स नेटवक्र्स इन्डिया प्राइभेट लिमिटेडकी माधुरी मल्होत्रालाई एक पत्र लेख्दै एनसीडब्ल्यूले अनुको विरुद्धको केस बन्द गरेको जानकारी गराएको हो ।  आयोगले सोना मोहापात्रासँग आरोपको सम्बन्धमा दस्तावेज माग गरेको थियो । जुन सोनाले उपलब्ध गराउन सकिनन् ।  राष्ट्रिय महिला आयोगकी प्रमुख रेखा शर्माको अनुसार पीडितले आयोगमा आउन इन्कार गरेको र ४५ दिनसम्म पर्खेपछि उक्त केस बन्द गरिएको हो । अनु मलिक विरुद्ध ज–जसले आरोप लगाएका थिए ती महिलाहरु अहिले आयोगको सम्पर्कमा नआएको आयोग प्रमुख शर्माले जानकारी दिइन् ।  
 

प्रकाशित : २०७६ माघ ४ गते १०:१८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI