No ads found for this position

स्ववियू चुनावमा जुटेका नेबिसंघका नेता कार्यकर्ताले कांग्रेससँग तत्काल मागे केन्द्रीय समिति

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ४ गते १०:२४
No ads found for this position
स्ववियू चुनावमा जुटेका नेबिसंघका नेता कार्यकर्ताले कांग्रेससँग तत्काल मागे केन्द्रीय समिति
No ads found for this position

काठमाडौं। स्ववियू निर्वाचनको घोषणासँगै विद्यार्थीहरु सक्रिय हुन थालेका छन्। यसैबिच नेबिसंघ त्रिभुवन विश्वविद्यालय समिति केन्द्रीय क्याम्पस किर्तिपुरले उपत्यका स्तरिय स्वबियु निर्वाचन तयारी छलफल गरेको छ। विश्वविधालय समिति अध्यक्ष हरि आचार्यको अध्यक्षतामा भएको उपत्यका स्तरीय तयारी छलफलले विभिन्न क्याम्पसको अवस्था बुझ्दै ४ बुदे निर्णय गरेको नेबि संघ विश्वविधालय सचीव योगेन्द्र रावलले जानकारी दिए। त्रिभुवन विश्वविधालय कार्यकारी परिषदले फाल्गुन-१४ गते  गर्ने स्वबियु निर्वाचनलाई बैठकले स्वागत गर्दै अबिलम्ब स्वबियु निर्वाचन कार्यतालिका माग्ने निर्णय गरेको आचार्यले बताए। सम्पुर्ण शक्ति स्वबियु निर्वाचनमा होमिनको लागि देशभरका नेबिसंघ सम्बद्ध विद्यार्थीहरुलाई क्याम्पस/क्याम्पसमा जुट्न अपिल गर्दै वैठकले मातृपार्टी नेपाली कांग्रेसलाई स्वबियु निर्वाचन सम्पन्न गर्न सहजताको निम्ति अबिलम्ब तदर्थ केन्द्रिय समिति गठन गर्न माग गरेको समेत आचार्यले जानकारी दिए। नेबिसंघलाई स्वबियु निर्वाचन जिताउन देश ब्यापी रणनैतिक अभियान सन्चालन गर्ने निर्णय गरिएको विद्यार्थी नेता नेविसंघका पूर्व सहमहामन्त्री बलदेव तिमिल्सिनाले बताए। उनले स्वबियु निर्वाचन अपरिहार्य रहेको भन्दै सम्पुर्ण रुपमा सहयोग गर्ने बताए। विद्यार्थी नेता बिपिन अधिकारीले स्वबियु निर्वाचनको गरिमा बुझ्न सबैलाई आग्रह गरे। पूर्व केन्द्रिय सदस्य सुशील भट्टले स्वबियु निर्वाचन सम्पन्न गर्न जस्तो सुकै मूल्य चुकाउन परेपनी पछि नहट्ने बताउदै स्बबियु निर्वाचन केन्द्रित कार्यक्रमहरु लिएर देशभरीनै स्बबियु हुने क्याम्पसहरुमा नेबिसंघ अगाडी बढने भट्टले बताए। केन्द्रिय सदस्य रत्नहरी ढुङ्गेलले स्वबियु निर्वाचनलाई ऐतिहासिक पर्वका रुपमा लिने बताए। स्बबियु निर्वाचन कार्यतालिका चाडोभन्दा चाडो ल्याउन दबाब दिनुको बिकल्प नरहेको नेबिसंघका नेता निरन्जन थापाले बताए। त्रिभुवन विश्वविधालय समिति सचीव योगेन्द्र रावलले नेबिसंघले जितको सुरुवात त्रिभुवन विश्वविधालयबाटै गर्ने उद्द्घोष गर्दै ९५ प्रतिशत क्याम्पस जित्ने निर्णय गरेको अनेरास्ववियुलाई त्रिभुवन विश्वविधालय जितेर देखाउन चुनौती दिए। छलफल कार्यक्रममा नेबिसंघका उपत्यका भित्र र बहिरका ईकाई अध्यक्ष एवम् पदाधिकारीको सहभागीता थियो। त्यस्तै त्रिचन्द्र क्याम्पसबाट दिनेस शाही, शंकरदेब क्याम्पसबाट दिपक ओझा, महेन्द्र रत्न क्याम्पसबाट कमल पन्त, ग्रामिण क्याम्पसबाट सन्तोष गुरुङ, किरण भट्टराई, प्रबिन गुरुङ पद्मकन्या क्याम्पसबाट सैलेजा पुन, नेपाल ल क्याम्पसबाट हृदय राज मिश्र,विश्वभाषा क्याम्पसबाट रन्जित ओली,आयुर्वेद क्याम्पसबाट नरेश ईटली, बिष्णु चापागाईं, नेपाल कमर्श क्याम्पस बानेश्वरबाट बिष्णु हरि खड्का, रुपन्देही हरैया क्याम्पस स्वबियु सभापति प्रकाश पौडेल, डोटी बहुमुखी क्याम्पस स्वबियु सभापति बालकृष्ण शावद, चौतारा बहुमुखी क्याम्पस अध्यक्ष अनिल सापकोटा, रौतहट बहुमुखी क्याम्पस स्वबियु सचिब सन्तोष जैसवाल, फुलवारी बहुमुखी क्याम्पस कैलालीबाट हिक्मत गिरि, भिम खतिवडा, निलकन्ठ बहुमुखी क्याम्पसबाट महेन्द्र तामाङ, त्रिबि उपाध्यक्ष रोहन महतरा, लक्ष्मी खनाल,अनोज कार्की लगायत नेताहरुको उपस्थिति थियो।

प्रकाशित : २०७६ माघ ४ गते १०:२४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI