सत्यनिरूपण तथा बेपत्ता छानबिन आयोगको पदाधिकारी सिफारिस

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ४ गते १६:४०
सत्यनिरूपण तथा बेपत्ता छानबिन आयोगको पदाधिकारी सिफारिस

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको अध्यक्षसहित ५ पदाधिकारी नाम सिफारिस भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि आयोगले पदाधिकारी पाएको हो । शनिबार बसेको दुई आयोगका पदाधिकारीको सिफारिस गर्न गठित समितिले कानु्नमन्त्रीमार्फत पदाधिकारी नाम मन्त्रीपरिषदमा सिफारिस गरेको कानुन न्याय, तथा संसदीय मामिला मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जानकारी दिए ।

सत्य निरुपणको अध्यक्षमा गणेश दत्त भट्ट र बेपत्ता छानबिन आयोगमा युवराज सुवेदीको नाम सिफारिस भएको छ । सत्य निरुपणमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस भएको छ । यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा शिवदत्त भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ । मन्त्रालयका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले सबै पदाधिकारीको नाम अनु्मोदन गर्नेछ ।

प्रकाशित : २०७६ माघ ४ गते १६:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI