महिनावारी भएको बेला घरको बाटो हिडेको भन्दै महिला माथी कुटपिट

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ४ गते १७:५१
महिनावारी भएको बेला घरको बाटो हिडेको भन्दै महिला माथी कुटपिट

धनगढी । छाउ (महिनावारी) भएको बेला घरको बाटो हिंडेको भन्दै कञ्चनपुर जिल्लामा दुई महिलामाथि कुटपिट भएको छ । जिल्लाको बेल्डाँडी गाउँपालिका १ की ३१ वर्षीया ईश्वरी खड्का र ३६ वर्षीया गीता खड्कामाथि कुटपिट भएको हो । महिनावारी भएको समयमा घर नजिकको बाटो भएर हिंडेको भन्दै स्थानीय दलबहादुर शाहले शुक्रबार कुटपिट गरेको पीडित महिलाका आफन्तले बताएका छन् ।कुटपिटबाट घाइते महिलाहरुको बेल्डाँडी स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न दलबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । कुटपिटबाट घाइते महिलालाई धनगढीस्थित नोभा हस्पिटलमा उपचार भई घर फर्किसकेको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७६ माघ ४ गते १७:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI