पितृमोक्ष महायज्ञको रौनकता बढ्दै : सातौं दिन सम्म करिब ५ करोड ७५ लाख संकलन

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ४ गते १८:१४
पितृमोक्ष महायज्ञको रौनकता बढ्दै : सातौं दिन सम्म करिब ५ करोड ७५ लाख संकलन


चोरमाराा/५ माघ

नवबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु ०७ चोरमाराद्वारा पौष २७ गते देखि संचालित श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञको रौनकता बढ्दै गएको छ । मौसम खुले सङ्गै महायज्ञको रौनकता झनै थपियको हो । महायज्ञको आजको कार्यक्रममा हजारौ भक्तजनको उपस्थिति रहेको थियो । जिल्लाका विभिन्न पालिकाहरुबाट भक्तजनहरु महायज्ञमा उपस्थित रहेका थिय । महायज्ञको सातौं दिनको कार्यक्रममा मध्यबिन्दु ०६ निवासी बालकृष्ण न्यौपाने प्रमुख अतिथी रहनुभएको थियो ।

उहाँले क्याम्पसलाई रु ११ लाख प्रदान गर्नुभएको बताईएको छ । सधै जसो आजको कार्यक्रममा पनि चन्दादाताहरुलाई सम्मान गरिएको थियो भने स्वामी सोमबाबा मार्फत उपस्थित भक्तजनलाई गिताको पुस्तक बितरण गरिएको थियो । एक लाख गिताको पुस्तक बितरण गर्ने लक्ष्य अनुसार गिताको पुस्तक बितरण गर्दै आईएको छ । महायज्ञमा कसैले ब्यक्तिगत रुपमा कसैले पारिवारिक रुपमा त कसैले संस्थागत रुपमा चन्दा हस्तान्तरण गरिरहेका छन । महायज्ञको सातौं दिन सम्म आउदा करिब ५ करोड ७५ लाख चन्दारकम संकलन भएको आर्थिक समितिका संयोजक प्रकाश पङ्गेनीले जानकारी दिनुभएको छ । महायज्ञमा भागवत अलङ्कार पदबिले बिभुषित पण्डित नेत्र प्रसाद पराजुलिले श्रीमद्भागवत कथा बाचन गर्नुभएको छ भने कलाकारले आफ्नो कला तथा धार्मिक झाकी प्रस्तुत गरेका छन ।


क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको संचालन गरिएको हो । महायज्ञ माघ ०६ गते सम्म संचालन हुनेछ ।

प्रकाशित : २०७६ माघ ४ गते १८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI