नवलपुरबाट यस वर्ष एसईई परीक्षामा ६५४२ परीक्षार्थी सहभागी हुने

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ४ गते १८:४२
नवलपुरबाट यस वर्ष एसईई परीक्षामा ६५४२ परीक्षार्थी सहभागी हुने

२५ वटा परीक्षा केन्द्र निर्धारण

नवलपुर । पूर्वी नवलपरासीबाट यस बर्षको एसईई परीक्षामा ६ हजार पाँच सय ४२ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । नियमिततर्फ ६ हजार चार सय ५२ र एक्जाम्टेटतर्फ १ सय ९ जना गरी ६ हजार पाँच सय ४२ जना परीक्षार्थी यस बर्षको एसईई परीक्षामा सहभागी हुने भएका हुन् । यस बर्षको एसईई परीक्षा चैत्र ६ गतेबाट शुरु हुँदै छ । गत बर्षभन्दा यस बर्ष २ सय १२ जना परीक्षार्थी घटेका छन् । एसईई परीक्षाका लागि नवलपुरमा २५ वटा विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय नवलपुरका ईकाई प्रमुख कृष्ण चन्द्र पोख्रेलले बताए । यस अघि हुप्सेकोट गाउँपालिकामा एउटा पनि परीक्षा केन्द्र नरहेकोमा यस बर्ष हुप्सेकोटको गिरुवारीमा रहेको सरस्वती संस्कृति माविमा परीक्षा केन्द्र थप गरिएको छ । यस बर्ष डेढगाउँको डेढगाउँ मावि, बुलिङटारको त्रिभुवन मावि परीक्षा केन्द्र कायम गरिएको छ । त्यसैगरी कालिका मावि गैडाकोट, जनक मावि गैडाकोट, लक्ष्मी मावि अमरापुरी, बरचुली मावि रजहर, देवचुली मावि रजहर, नेपाल मावि दिव्यपुरी, जनज्योति नमुना मावि प्रगतिनगर, जनज्योति मावि प्रगतिनरमा परीक्षा केन्द्र निर्धारण गरिएको पोख्रेलले बताए । त्यसैगरी ज्ञानोदय मावि कावासोती, शिव मावि कावासोती, सहिद स्मृति मावि कावासोती, जीवन ज्योति मावि कावासोती, जनता मावि सहिद नगर डण्डा, सरस्वती संस्कृति तथा साधारण मावि गिरुवारी, जनता मावि डण्डा, सरस्वती मावि गोछडा, कुमारवर्ती मावि कोल्हुवा, नवजागरण मावि चोरमारामा पनि परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
त्यसैगरी नवलपुर बोर्डिङ्ग स्कूल, चोरमारा, जनता मावि मंगलचौर अरुणखोला, जनता मावि अरुणखोला, भानुदय मावि दुम्किबास र राष्ट्रिय मावि रानीनगर त्रिवेणीमा परीक्षा केन्द्र निधारण गरिएको छ ।
नवलपुरमा ७८ वटा सामुदायिक विद्यालय, ४९ वटा निजी विद्यालय, ५ वटा प्राविधिक विद्यालय र एउटा खुल्ला गरी एक सय २८ वटा विद्यालयले एसईई परीक्षामा परीक्षार्थी सहभागी गराउँदै छन् ।

प्रकाशित : २०७६ माघ ४ गते १८:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI