कावासोतीको अग्यौलीमा ३००० मेट्रिक टन क्षमताको चिस्यान केन्द्रको शिलान्यास

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ४ गते २०:०५
कावासोतीको अग्यौलीमा ३००० मेट्रिक टन क्षमताको चिस्यान केन्द्रको शिलान्यास

कावासोती/ माघ ५
पुर्वी नवलपरासीको कावासोती-१४ अग्यौलीमा रिटर्नी कृषि तथा पशुपालन समूह सक्रियतामा २१ करोडको लागतमा नवलपुर चिस्यान केन्द्र बन्ने भएको छ । नवलपुर क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद तिलक महतले एक समारोहका बिच चिस्यान केन्द्रको शिलान्यास गर्नु भएको हो । दुई वर्ष भित्रमा ३००० मेटि्रक टन क्षमताको चिस्यान केन्द्रको निर्माण कार्य सम्पन्न हुने जनाईएको छ ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै सांसद महतले काम सुरु गर्नु अगावै संघिय सरकारको कृषि मन्त्रालयले एक करोड रकम कावासोती नगरपालीकाको खातामा पठाई सकेको बताउनु भएको छ । नवलपुरको कृषि आधुनिकीकरण तर्फ बढेको भन्दै महतले छिटै मासुमा पनि नवलपुर निर्भर हुने बताउनु भएको छ । कार्यक्रममा बोल्दै सांसद महतले नवलपुर जिल्ला सिङ्गो गण्डकी प्रदेशलाई पाल्न सक्ने बताउनु भएको छ ।

त्यसै गरि कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङगेलले युवा कृषकहरु स्वयं आधुनिक मोडलको चिस्यान केन्द सञ्चालनमा लागि परेको भन्दै कृषकलाई आईपरेका समस्याहरु समाधान गर्न नेपाल युवा परिषदले सधै सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा काठमाण्डौ महानगरपालिका कृषिशाखा प्रमुख हरिबहादुर भण्डारीले कृषकलाई वास्तबिक मुल्य दिनाउन र विचौलिया कम गर्न यस केन्दले सहयोग पुर्याउने विश्वास ब्यक्त गर्नुभएको छ । कार्यक्रममा कावासोती नगर प्रमुख चन्द्राकुमारी पुन, उपप्रमुख प्रमेशङकर मर्दनिया थारु, जनप्रतिनिधि, समाजसेवी बिभिन्न कृषक समुहका वयक्तित्व लगायतको सहभागिता रहेको कार्यक्रमा मगर समुदायले कौरा नाच तथा थारु समुदायले लट्ठी नाच प्रस्तूत गरेका थिए । 

प्रकाशित : २०७६ माघ ४ गते २०:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI