No ads found for this position

पुलिस थानामा श्रीमानको बाँडफाँटः श्रीमती–प्रेमिकासँग ३–३ दिन बस्ने, एक दिन छुट्टी पनि

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ५ गते १०:४३
No ads found for this position
पुलिस थानामा श्रीमानको बाँडफाँटः श्रीमती–प्रेमिकासँग ३–३ दिन बस्ने, एक दिन छुट्टी पनि
No ads found for this position

एजेन्सी-भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस थानामा शनिबार एउटा निकै अचम्मको घटना घटित भयो । श्रीमती र प्रेमिकाले एक व्यक्तिलाई आफूसँग बस्नका लागि आपसमा बाँडफाँट गरेका छन् । यी दुईबीच भएको सहमती अनुसार श्रीमान् हप्तामा तीनदिन श्रीमतीसँग बस्नेछन् भने अर्को तीन दिन प्रेमिकासँग बस्नेछन् । श्रीमती र प्रेमिकाले श्रीमानलाई एक दिनको छुट्टी पनि दिएका छन् । शनिबार ती व्यक्तिकी प्रेमिकाले प्रेमीले आफूसँग गरेको सम्झौता तोड्दै पाँच दिनदेखि घर नआएको भन्दै पुलिसथानामा उजुरी दिइन् । श्रीमान्, श्रीमती र तेस्रो व्यक्तिबीचको चक्करमा पुलिस पनि तनावमा परेको भारतीय संचार माध्यमले बताएको छ । पुलिसले श्रीमान राजेश कुमारलाई थानामा बोलाएर सम्झाएको र राजेशकी श्रीमती र प्रेमिकाबीच सहमती भएको भारती संचार माध्यम दैनिक भास्करले जानकारी दिएको छ ।

पुलिसको उपस्थितीमा सम्झौता भयोः

पुलिसको उपस्थितीमा प्रेमिका र श्रीमतीले सम्झौता गरेको बताइन्छ । राजेशले पछि प्रेमिकालाई पनि विवाह गरेको बताइएको छ त्यसकारण हप्तामा तीन दिन जेठी श्रीमती र अर्को तीन दिन कान्छी श्रीमतीसँग उनी बस्नेछन् । एक दिन उनलाई छुट्टी दिइएको छ, त्यतिबेला उनी आफ्नो इच्छा अनुरुप जुन श्रीमतीसँग पनि बस्न सक्नेछन् ।

प्रकाशित : २०७६ माघ ५ गते १०:४३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI