पितृमोक्ष महायज्ञ :दिन सकिदै गर्दा भक्तजनको ओइरो

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ५ गते १८:३४
पितृमोक्ष महायज्ञ :दिन सकिदै गर्दा भक्तजनको ओइरो

समापन समारोहमा शशांक कोईराला प्रमुख अतिथी रहने

चोरमारा/ माघ ५

नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु ०७ चोरमाराद्वारा पौष २७ गते देखि संचालित श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञ माघ ०६ गते सकिदैछ । समापनको मिति नजिकिदै गर्दा भक्तजनको उपस्तिथि भने बाक्लिदै गएको छ ।
महायज्ञमा सहयोग गर्ने चन्दादाताहरु पारिवारिक रुपमै उपस्थित भएका कारणले पनि उपस्थिति बाक्लिएको हो भने दिनैभर मौसम सफा रहेको कारणले पनि भक्तजनको ओईरो लागेको हो । आज जिल्लाको विभिन्न क्षेत्रबाट हजारौ भक्तजनको उपस्थिति रहेको थियो ।
महायज्ञको समापन समारोह भब्य समारोहका बिच माघ ०६ गते हुदैछ । नेपाली काङ्ग्रेसका महामन्त्री माननीय प्रा.डा. शशांक कोईरालाको प्रमुख आतिथ्यतामा महायज्ञको समापन कार्यक्रम हुने प्रधान संरक्षक बिष्णु कुमार कार्किले बताउनुभएको छ । महायज्ञको आठौं दिनको कार्यक्रममा भरतपुर चितवन निवासी वरिष्ठ समाजसेबी गौरी प्रधान प्रमुख अतिथी रहनुभएको थियो । उहाँले क्याम्पसलाई रु ०५ लाख प्रदान गर्नुभएको बताईएको छ । सधै जसो आजको कार्यक्रममा पनि चन्दादाताहरुलाई सम्मान गरिएको थियो भने प्रमुख बाचक मार्फत उपस्थित भक्तजनलाई गिताको पुस्तक बितरण गरिएको थियो । एक लाख गिताको पुस्तक बितरण गर्ने लक्ष्य अनुसार गिताको पुस्तक बितरण गर्दै आईएको छ । महायज्ञमा कसैले ब्यक्तिगत रुपमा कसैले पारिवारिक रुपमा त कसैले संस्थागत रुपमा चन्दा हस्तान्तरण गरिरहेका छन । महायज्ञको आठौं दिन सम्म आउदा करिब ०६ करोड ५० लाख चन्दारकम संकलन भएको आर्थिक समितिका संयोजक प्रकाश पङ्गेनीले जानकारी दिनुभएको छ । महायज्ञमा भागवत अलङ्कार पदबिले बिभुषित पण्डित नेत्र प्रसाद पराजुलिले श्रीमद्भागवत कथा बाचन गर्नुभएको छ भने कलाकारले कृष्णलिला तथा धार्मिक झाकी प्रस्तुत गरेका थिय ।
क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञ संचालन गरिएको हो ।

प्रकाशित : २०७६ माघ ५ गते १८:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI