रवि लामिछाने सहित तिनै जनालाई सफाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ५ गते १८:४८
रवि लामिछाने सहित तिनै  जनालाई सफाई

आत्महत्या दुरुत्साहन मुद्दामा अदालत धाउदै आएका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनाले करिव पाँच महिनापछि सफाइ पाएका छन् । जिल्ला अदालत चितवनले आज उनीहरू तीनै जनालाई सफाइ दिएको हो । न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई सफाइ दिने फैसला आइतबार सुनाएको हो । लामिछानेसहित ३ जना विरुद्ध भदौ ८ गते आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो।
उक्त मुद्दामा यसअघि जिल्ला अदालतले लामिछानेलाई ३ शर्त राख्दै धरौटीमा रिहा गरेको थियो । विदेश जान अनुमति लिनुपर्ने, शालिकराम पुडासैनी आत्महत्याबारे कार्यक्रममा छलफल तथा बहस चलाउन नपाउने र अदालतमा विचाराधीन विषयमा बोल्न नपाउने भन्दै बन्देज लगाएको थियो ।
जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। पत्रकार पुडासैनीको गत साउन २० मा नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो। जिल्लाको सो आदेशमा लामिछाने उच्च अदालत पुगेका थिए। उच्चले पनि पुडासैनीको आत्महत्या बारेमा जिल्लाकै आदेश सदर गरेको थियो।

प्रकाशित : २०७६ माघ ५ गते १८:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI