हुलाकी सडकको हिलोले यात्रुलाई सास्ती

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ५ गते २१:४७
हुलाकी सडकको हिलोले यात्रुलाई सास्ती

उमेश बि.क / नवलपरासी ,५ माघ

पश्चिम नवलपरासीको हुलाकी सडक अहिले हिउदे बर्षा भैरहेको समयमा राेपाई गर्नका लागि तयार पारिएको खेत जस्तै भएको छ । माघ २ र ३ गते परेको पानीका कारण सडक सरावलकाे हुलासी पुल देखि परासी सम्म हिलाम्य भएको हो । यो सडक समयमै पिच नहुंदा नागरिकहरुले सास्ती खेप्नुपरेको छ ।

घाम लाग्दा धुलो उडेर हिड्न नसकिने अवस्था हुन्छ भने हल्का मात्र पानी पर्दा हिलाम्य हुने गरेको छ । बर्षौ देखि हुलाकी मार्ग प्रयोग गर्ने नागरिकले यसरीनै सास्ती खेप्दै आएका छन् ।निर्माणको जीम्मा पाएकाे कम्पनी काम अगाडि बढाएता पनि हिउदे बर्षाकाे कारणले गर्दा हिलाम्य हुन पुगेको हाे ।

सडक निर्माणका लागि २५ करोड १९ लाख ७० हजार ५ सय ६० रुपैयामा ठेक्का लागेको थियो । २०७३ फागुनमा ठेक्का सम्झौता भई २०७५ फागुन सम्म निर्माण सम्पन्न भै सक्नुपर्ने सडक समयमै सम्पन्न हुने काम अधुराे रहेको छ। ठेक्का लिएका कम्पनीले कहिले कच्चा पदार्थ उपलब्ध नभएको बाहनामा त कहिले रकम निकासा नभएको बाहाना बनाउदै निर्माणमा ढिलासुस्ती गर्दै आईरहेकाे थियाे।

पछिल्लो पटक तोकिएको समयमा काम सम्पन्न नहुने देखिएपछि २०७६ जेठ मसान्त सम्म म्याद थप गरिएको थियाे । म्याद थप भएता पनि काम समयमा सम्पन्न हुन नसकेको जन गुनासाे रहेको छ।

अलिकति घाम लाग्नासाथ धुलो उडेर सडक आसपासका घरहरु धुलाम्य हुने गर्दछन् ।
सडकमा यात्रा गर्ने जोकोहि पनि धुलोको नराम्ररी सिकार हुनुपर्दछ। धुलोकै कारण हुलाकी सडक आसपासका नागरिकहरु स्वासप्रस्वास सम्बन्धी रोगको सिकार समेत हुनु परेको स्थानीयले गुनासाे ब्यक्त गरेका छन।

प्रकाशित : २०७६ माघ ५ गते २१:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI